उपहार न्यूज
उदयपुर पौष २०
भुमिहिन विपन्न उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका स्थानिय ७५ बर्षिय गोपीलाल परियारलाई पत्रकार विश्वराज तामाङ मार्फत संकलन भएको रकम हस्ताणतरन गरिएको छ । पत्रकार तामाङको टिकटक आईडि मार्फत बृद्ध गोपीलाल परियारको एक भिडियो करिब ३२ लाखले हेरेका थिए । बृद्ध अबस्थाका गोपीलालको दयनिय अबस्थालाई देखेर विभिन्न स्थानबाट प्राप्त रकम शनिवार स्थानिय टोल विकास संस्थाका अध्यक्ष लगायतको रोहबरमा हस्ताणतरन गरिएको हो । परियारको लागि दाङ घर भई हाल कुवेतमा रहनु भएका सिता विकले ५ हजार, अस्ट्रेलिया रहनु भएका बसन्त साहिले ५ हजार, बुटलका तृसना मगरले २ हजार, सुस्मीता मल्ल ठकुरीबाट प्राप्त २ हजार, अस्ट्रेलिया रहनु भएका प्रमिसा कुवरबाट २ हजार १ सय, काभ्रे घर भई हाल अस्ट्रेलिया रहनु भएका आयुसा लामाबाट ५ हजार, कुवेत रहनु भएका निग्माछेकी लामा शेर्पाबाट ५ हजार एक सय, संखुवासभाका किशोर पिठाकोटेबाट ४ हजार चार सय ४४ रुपैया, खोटाङ घर भई हाल कतारमा रहनु भएका सन्तकुमार विश्वकर्माबाट ५ हजार ५ सय ५५ रुपैया, काठमाण्ठौका रसिका खड्काबाट १ हजार, सन्दकपुर इलामका चन्दा लिम्बुबाट २ हजार, सुदिप रिजालबाट ६ हजार ९ सय ९२ रुपैया, अमृता राई उर्लाबारी १ मोरङ हाल साईप्रसबाट ५ हजार, दुर्गा शेर्मा इलाम चुलाचुली हाल दुबईबाट ५ हजार, सचिन सुन्दास पथरी १ सनिश्चरेबाट हाल पोल्याण्डबाट ५ हजार १ सय, सुस्मा राई अर्जुनधारा झापा बाट ५ हजार ५ सय, मिगेन्द्र प्रसाद राई त्रियुगा नगरपालिका ११ बाट १ हजार, प्रमिला बस्नेत धादिङ हाल कुवेतबाट २ हजार ६ सय रुपैया र प्राप्त एक हजार १ सय रुपैया गरी संकलित ७१ हजार ४ सय ९१ रुपैया हस्ताणतरन गरिएको हो ।संकलित रकम मध्य गत कात्तिक ८ गते नै १० हजार हस्ताणतरन गरिएको र बाकी ६१ हजार ४ सय ९१ रुपैया शनिवार हस्ताणतरन गरिएको पत्रकार विश्वराज तामाङले जानकारी दिनु भयो । परियारको भिडियो सामाजिक संजालमा आए पछि उनको अबस्थालाई देखेर १० हजार रकम प्रदान गरे पछि पनि करिब ५० हजार हारहारीमा रकम संकलन भए पछि पत्रकार विश्वराज तामाङले स्थानिय टोल विकास संस्थाका अध्यक्ष र स्थानिय जनप्रतिनिधिलाई राखेर उक्त रकमको बिषयमा छलफल गरेका थिए । स्थानिको छलफलमा उनलाई सहयोग जुटाएर जग्गा व्यवस्थापन गरेर घर निर्माण गर्ने अभियान सुरु गर्नका लागि त्रियुगा नगरपालिका १० को सचेतना टोल विकास संस्थाका अध्यक्ष पर्शराज राई अध्यक्ष र नवसमृद्धि टोल विकास संस्थाका अध्यक्ष चन्द्र विश्वकर्मा सचिव र स्थानिय सरिता राई कोषाध्यक्ष रहने गरी ७ सदस्यीय समिति गठन गरिएको थियो ।
उक्त समितिले टिकटक मार्फत प्राप्त भएको त्यस समयको ५० हजार सहयोगमा थप सहयोग संकलन गरेर जग्गा खरिद तथा व्यवस्थापनका लागि अभियान सुरुवात गरेका थिए । पछि समितिलाई अभियानलाई अघि बढाउनका प्राविधिक समस्या भए पछि अभियानलाई स्थगीत गरिएको समितिका अध्यक्ष पर्शराज राईले बताउनु भयो ।
हामीले अभियान सुरु गरेका पनि थियौ तर उहाँहरुको परिवारले भनेकै स्थान वरपर जग्गा खरिद र व्यवस्थाप गर्नका लागि आर्थिक अभाव र प्राविधिक समस्याहरु पनि आएपछि अभियानलाई हाललाई स्थगीत गर्नु परेको बताउनु भयो ।
यता पत्रकार विश्वराज तामाङलाई प्राप्त रकम शनिबार सचेतना टोल विकास संस्थाका अध्यक्ष पर्शराज राई, सचिव भोजराज श्रेष्ठ, नवसमृद्धि टोल विकास संस्थाका अध्यक्ष चन्द्र विश्वकर्मा, स्थानिय समाजसेवी पदम राई, स्थानिय दुर्गाबहादुर कार्की, गोपीलाल परियारका भान्जी बविता परियार, पत्रकार सन्तोषी तामाङको रोहबरमा ६१ हजार ४ सय ९१ रुपैया हस्ताणतरन गरिएको छ । हस्ताणतन गरिएको रकम मध्य स्थानिय सचेतना टोल विकास संस्थामा गोपीलाल परियारको नाममा बचत खाता खोलेर ५० हजार जम्मा गर्ने र बाकी ११ हजार ४ सय ९१ रुपैया गोपीलाल परियारलाई आवश्यक्ता अनुसार खर्च गर्न दिने गरी स्थानियको रोहबरमा हस्ताणतरन गरिएको छ ।


