Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुर वितरक संघद्धारा विपन्न परिवारलाई सिरक वितरण

  • उपहार न्यूज
  • शुक्रबार, पुष १८ २०८२
उदयपुर वितरक संघद्धारा विपन्न परिवारलाई सिरक वितरण

उपहार न्यूज
उदयपुर पौष १८
उदयपुर वितरक संघद्धारा उदयपुरको त्रियुगा नगरपालिका १ र १२ नम्बर वडाका अति विपन्न परिवारलाई सिरक वितरण गरेको छ । अति विपन्न परिवारलाई चिसो मौसबाट प्रभावित भएको भन्दै वितरक संघले सिरक वितरण गरेको हो । त्रियुगा नगरपालिका वडा नम्बर १ मा पौष १२ गते स्थानिय ३२ जना नागरिकहरुलाई र शुक्रबार त्रियुगा नगरपालिका वडा नम्बर १२ का १८ जना स्थानिय लाई फाईवरको सिरक वितण गरिएको उदयपुर वितरक संघका अध्यक्ष प्रदिप गिरीले जानकारी दिनु भयो ।
अति विपन्न परिवारलाई सिरक वितरण गरिए पछि त्रियुगा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष मनोजकुमार चौधरीले वितरक संघलाई शुक्रबार उपहार एफ.एमको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी कदर पत्र समेत हस्ताणतरन गर्नु भएको छ ।

Last updated:2026 Jan 02 Friday 08:25:56

प्रतिक्रिया
सम्बन्धित समाचार