Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

मेयर रनिङ शिल्डको सर्वोत्कृष्ट पदक बिजेता छात्र–छात्रालाई सकाईल उपहार

  • उपहार न्यूज
  • सोमबार, पुष १४ २०८२
मेयर रनिङ शिल्डको सर्वोत्कृष्ट पदक बिजेता छात्र–छात्रालाई सकाईल उपहार

उपहार न्यूज
उदयपुर पौष १४
त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिले पौष ११ गते देखि आयोजना गरेको चौथो अन्तर माध्यमिक विद्यालय स्तरीय मेयर रनिङ शिल्ड प्रतियोगीताभर उत्कृष्ट उपाधि हासिल गर्ने दुई जना विद्यार्थीलाई साईकल उपहार प्रदान गरिएको छ ।
प्रतियोगीता अवधिभर व्यक्तिगत ५ स्वर्ण पदक विजेता प्याराडाईज सेकेण्डरी बोर्डिङका छात्र सुनिल कार्की साईकल उपहार सहित पुरस्कृत भएका छन् । उनले प्रतियोगीतामा रिलो दौडको १६०० मिटर, त्रिपल जम्प, रिले दौडको ४ सय, हाईजम्प र ४०० मिटर दौडमा समुह संगै व्यक्तिगत रुपमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए ।
यता छात्रा तर्फ क्यानभास एकेडेमीका छात्रा सुरक्षा कार्कीले साईकल उपहार प्राप्त गर्न सफल भएकी छिन् । उनले १५०० मिटर दौड, त्रिपल जम्प र रिले दौड ४ सय मिटरमा स्वर्ण, १६०० मिटर दौडमा रजत र ८०० मिटर दौडमा कास्य पदक हासिल गर्दै कुल ५ पदक व्यक्तिगत रुपमा हासिल गर्न सफल भएकी थिईन् । सर्वाधिक पदक हासिल गर्ने दुवै जनालाई त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेत र आयोजक समितिका अध्यक्ष किरण कार्कीले साईकल सहित पुरस्कृत गर्नु भएको त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका सचिव चेतन पोखरेलले जानकारी दिनु भयो ।

Last updated:2025 Dec 29 Monday 15:45:04

प्रतिक्रिया
सम्बन्धित समाचार