उपहार न्यूज
उदयपुर पौष १०
क्रिशचेन धर्मालम्वीहरुले मनाउने पवित्र पत्र क्रिशमस डे को अबसरमा उदयपुरमा पनि विभिन्न कार्यक्रमहरु गरी मनाईएको छ । त्रियुगा नगर ईसाई समाजको आयोजनामा उदयपुर सदरमुकाम गाईघाटमा विशेष कार्यक्रम सहित क्रिशमस –डे मनाईएको छ । क्रिशमस –डे को अबसर पारेर त्रियुगा नगर इसाई समाजले शुभकामना आदनप्रदान तथा सास्कृति कार्यक्रमको आयोजना गरेको छ ।
गाईघाट स्थित पिपल चोकमा एक विशेष समारोहका विच इसाई समाजले शुभकामना आदन प्रदान र सास्कृतिक कार्यक्रमका आयोजना गरेको हो । कार्यक्रमको एक समारोहका विच त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतले उद्घाटन गर्नु भएको थियो । उद्घाटनको क्रममा बोल्दै प्रमुख बस्नेतले त्रियुगा नगरपालिका स्थानिय सरकारले सबै जात, धर्म र संस्कृतिको विकासको लागि समान रुपमा सहयोग पु¥याउदै आउनु भएको बताउनु भयो ।
उहाँले नेपालको संविधान २०७२ मा धार्मिक स्वतन्त्रताको हक रहेको भन्दै सबै धर्मले खुलेर आफ्ना चाड र पर्वहरु मनाउन पाउने अधिकार संविधानमै सुनिश्चित भएकाले क्रिशचेन धर्मालम्वीहरुलाई खुलेर आफ्नो पर्व मनाउनको लागि शुभकामना समेत दिनु भयो । कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष किरण पाण्डे, पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष विश्वराज तामाङ, नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि राधारमण खतिवडा, रास्वपाका सहसचिव सुर्य राई लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख वक्ता काठमाण्डौका पास्टर राजु सुन्दासले क्रिमश डे मनाउने सन्दर्भमा उत्प्रेरक मनतव्य राख्नु भएको थियो । शिव भट्टराई र प्रविण मगरले संचालन गर्नु भएको कार्यक्रमको अध्यक्षता फिलिप श्रेष्ठ र स्वागत मनतव्य सन्तोष गजमेरले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतीका साथै विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा त्रियुगा नगरपालिका क्षेत्र भित्रका विभिन्न चर्च तथा मण्डलीमा आबद्ध रहेका ईसाई धर्मालम्वीहरुको उपस्तिथी रहेको थियो । यसै विच उदयपुरका विभिन्न स्थानहरुमा समेत विशेष कार्यक्रमका साथ क्रिशमस डे मनाईएको पास्टर आकाश बलम्पाकीले जानकारी दिनु भयो ।