Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

एमाले ११ औ महाधिवेशन १४ प्रतिनिधिको लागि उदयपुरमा ५१ को उम्मेदवारी (नामवली सहित)

  • उपहार न्यूज
  • बुधबार, मंसिर ११ २०८२
एमाले ११ औ महाधिवेशन १४ प्रतिनिधिको लागि उदयपुरमा ५१ को उम्मेदवारी (नामवली सहित)

उपहार न्यूज
उदयपुर मंसीर १०
नेकपा एमालेको मंसीर २७ गते देखि हुने ११ औ महाधिवेशनको लागि उदयपुरमा प्रतिनिधि छनौटको प्रक्रिया सुरु भएको छ । उदयपुरमा १ दलित सहित दुई निर्वाचन क्षेत्रका १३ गरी १४ जना महाधिवेशन प्रतिनिधि छनौट हुने छन् ।
संगठित सदस्य संख्या अनुसार जस मध्य उदयपुरको क्षेत्र नम्बर १ बाट खुल्लामा ४ युवामा १ महिलामा २ गरी ७ जना त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ बाट खुल्लामा ३, युवामा १ र महिलामा २ जना ६ जना प्रतिनिधि छनौट हुनेछन् । उदयपुरमा हाल नेकपा एमालेको क्षेत्र नम्बर १ मा तीन हजार दुई सय ४४ र क्षेत्र नम्बर २ मा दुई हजार २ सय २४ जना संगठति सदस्य रहेका छन् ।
महाधिवेशन प्रतिनिधिको छनौटको लागि बुधबार उदयपुरमा निर्वाचन प्रक्रिया अघि बढेको छ । नेपाल निजामती कर्मचारी संगठन उदयएपुरको भवनमा निर्वाचन कार्यालय स्थापना गरी नेकपा एमाले उदयपुरले महाधिवेशन प्रतिनिधि छनौटको काम सुरु गरेको छ ।
निर्वाचन प्रक्रिया अन्तर्गत बुधबार उम्मेदवारी दर्ता गराउने कार्य सम्पन्न भएको छ । उदयपुरमा एक दलित सहित दुई निर्वाचन क्षेत्रबाट १४ जनाको लागि ५३ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत गणेश प्रसाद सापकोटाले जानकारी दिनु भयो ।
निर्वाचन क्षेत्र नम्बर १ मा ४ खुल्ला पदको लागि अम्बर बहादुर दनुवार, इश्वरमणी राउत, कालुमान लामा, कुशलबाबु बस्नेत, टेक बहादुर राउत, डिल्लीराम बास्तोला, दुर्गाकुमार थापा स्वस्ती, धनपति आचार्य, परमेश्वर घिमिरे, भागवत राउत, शम्भु पौडेल र सुरेश तामाङ गरी १२ जनाको उम्मेदवारी परेको छ । यता महिला २ जनाको लागि कान्ता राई, गंगा राई, गितादेवी रेग्मी, भवानी थापा, महेश्वरी राई र सिता पौडेलको उम्मेदवारी परेको छ । त्यसैगरी युवा तर्फ १ जनाको लागि अनुपराज खत्री, खगेन्द्र पोख्रेल, भुवन दाहाल, महेश प्रसाद पौडेल, राकेश राई, विकास बन्जरा र सुरेन्द्र राई रहेका छन् ।
त्यसैगरी क्षेत्र नम्बर २ मा ३ खुल्ला प्रतिनिधिको लागि अम्बर बहादुर रायामाझी, गोपाल बहादुर खत्री, जिवनकुमार कार्की, जिवनाथ दाहाल, प्रेमकुमार गौतम, भरतबहादुर थापा, मनोजकुमार तामाङ, शैलेस लामा र ज्ञानेन्द्रकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।
यता महिला २ प्रतिनिधि तर्फ कला घले, कुमारी आलेमगर, गिता खड्का, भीमकुमारी राउत र सिता राना मगरको उम्मेदवारी परेको छ । त्यसैगरी १ युवा तर्फ केशव राई, तुलसीराम चौलागाई, मिनाकुमारी राई, मोहन बहादुर तामाङ, संजिव कार्की र हेमबहादुर खड्काको उम्मेदवारी परेको छ । १ दलित प्रतिनिधिको लागि कर्ण सुनाम, कुमार विक, खड्ग बहादुर परियार, भीम बहादुर परियार र लाल बहादुर सार्कीको उम्मेदवारी परेको नेकपा एमाले प्रतिनिधि छनौट निर्वाचन समितिले जनाएको छ ।
यता उम्मेदवार माथि दावि विरोध र उम्मेदवारी फिर्ताको लागि मसीर ११ गते ११ बजे सम्मको लागि समय तोकिएको नेकपा एमाले उदयपुरका सहसचिव हेम खड्काले जानकारी दिनु भयो ।
यता मंसीर ११ गते ११ बजे पछि उम्मेदवारको अन्तिम नामवली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । उम्मेदवार विचमा सहमती नभए मंसीर १३ गतेको लागि निर्वाचन कार्यतालिका तोकिएको छ । निर्वाचन कार्यतालिका बमोजिम एमालेले जिल्लाभरी गरेर १३ स्थानमा मतदान केन्द स्थापना गर्ने भएको छ । उदयपुर क्षेत्र नम्बर १ को लागि वेलका नगरपालिकाको रामपुर र मैनामैनी, चौदण्डिगढी नगरपालिकाको बेल्टार त्रियुगा नगरपालिकाको लागि गाईघाटमा मतदान केन्द्र स्थापना गरिने छ ।
त्यसैगरी क्षेत्र नम्बर २ को लागि रौतामाई गाउँपालिकाको मुकुर्ची र भुट्टार, उदयपुरगढी गाउँपालिकाको नेपालटार, लिम्चुङबुङ गाउँपालिकाको वराह र बलम्ता, ताप्ली गाउँपालिकाको जोरढुंगा र रुपाटार, कटारी नगरपालिकाको कटारी र गहुबारीमा मतदान केन्द्र स्थापना गरिने छ । यता क्षेत्र नम्बर २ को लागि सदरमुकाम गाईघाटमा पनि छुट्टै मतदानस्थल राखिने एमाले उदयपुर सहसचिव हेम खड्काले जानकारी दिनु भयो ।

Last updated:2025 Nov 26 Wednesday 15:52:08

प्रतिक्रिया
सम्बन्धित समाचार