उपहार न्यूज
उदयपुर कात्तिक २२
आफ्नो बावुको मृत्यु भए पछि क्रियपुत्री बसेका उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ८ रातमाटेका दिदिभाईको लागि सहयोग जुट्ने क्रम सुरु भएको छ । ६२ बर्षिय खड्ग बहादुर मगरको उपचारको क्रममा गत कात्तिक १७ गते निधन भए थियो । कात्तिक ९ गते गम्भीर विरामी परेका खड्ग बहादुरको उपचारको लागि स्थानिय मेखबहादुर भट्टराईको समन्वयमा स्थानिय केदारकुमार भुजेलले उपचारको लागि विराटनगर स्थित नोवेल शिक्षण अस्पतालमा पु¥याएका थिए । स्थानियहरुको सहयोगमा करिब ९ दिन सम्म आईसियुमा राखेर उपचार गरिएका मगरको १७ गते निधन भए भएको थियो ।
नोवेल शिक्षण अस्पतालमा उपचारको लागि ठूलो धनरासी खर्च हुने भए पनि स्थानिय मेखबहादुर भट्टराईले प्रतिनिधि सभा सदस्य तथा कांग्रेस नेता डाक्टर नारायण खड्का र त्रियुगा नगर प्रमुख बसन्तकुमार बस्नेतलाई आग्रह गरेर अस्पतालमा छुट गराएका थिए ।
अस्पतालमा करिब ७५ प्रतिशत छुट भए पनि औषधि एम्बुलेन्स लगायतमा करिब एक लाख बराबरको खर्च छिमेकी केदारकुमार भुजेलले ऋण सापटी लिएर उपचारमा खर्च भएको बताए ।
मगरको एक श्रीमती एक छोरी र एक छोरा छन् मगरले दलित समुदायका महिला संग अन्तरजातिय विवाह गरे पछि उनका दाजुभाई उनको निधन हुदा समेत नआएको छिमेकीहरुले बताए । स्थानिय छिमेकीहरुले मगरको सबलाई दाहासस्कार संगै उनको क्रियाकर्ममा साना छोराछोरीहरुलाई समेत सहयोग गरेका थिए । श्रीमती पनि मानसिक रुपमा असक्त भएका कारण बालबालिकाहरुको विचल्लीमा पर्ने देखिए पछि छिमेकी केदारकुमार भुजेलले सो परिवारको लागि सहयोग पु¥याउदै आएका छन् ।
अन्तरजातिय विवाह गरेका मगरको मृत्यु हुदा दाहसस्कारको लागि दाजुभाई, आफन्त र पुरहित समेत नआए पछि ११ बर्षिय छोरी सोवि मगर र ७ बर्षिय छोरा सुबास मगरको क्रियाकर्ममा बसेका थिए ।
यता यो बिषय बाहिर सार्वजनिक भए पछि पत्रकार विश्वराज तामाङले संचालन गर्दै आएको उपहार न्यूज मार्फत भिडियो सामाग्री सार्वजनिक भएको थियो ।
दुई दिनमा करिब ५० हजार बढिले हेरेको उक्त भिडियो सामाग्री मार्फत बालबालिकाहरुको दयनिय अबस्था देखेर यतिवेला सहयोग जुट्न सुरु भएको छ । यसै क्रममा विहिबार सो परिवारको लागि ३५ हजार नगद सहयोग हस्ताणतरन गरिएको छ । उपहार न्यूजको आधिकारिक फेसबुक पेजमा उक्त भिडियो सामाग्री सार्वजनिक भए पछि पाँचथरका विजय जोशी र शम्भु वल तामाङले भिडियो शेयर गरे पछि झापा दमक घर भई हाल हङकङ निवासी मुस्कान दाहालले ३० हजार र मानव सेवा उद्धार केन्द शनिबारे पाँचथरबाट ५ हजार गरी ३५ हजार सहयोग रकम हस्ताणतरन गरिएको हो । सहयोग रकम पाँचथरबाट उदयपुर आईपुग्नु भएका विजय जोशी, शम्भु वल तामाङ, स्थानिय सामाजिक अभियानता सुमन परियार र पत्रकार विश्वराज तामाङले हस्ताणतरन गर्नु भएको थियो ।
बालबालिकाहरुको भावी दिनमा शिक्षा र जीवनयापनको लागि खर्च गर्ने उद्देश्यका साथ प्राप्त सहयोग छिमेकी केदारकुमार भुजेललाई हस्ताणतरन गरिएको हो । प्राप्त सहयोगहरु संकलन गरी सो परिवारको लागि एकद्धार प्रणालीबाट सहयोग गर्ने स्थानिय समाजसेवी मेखबहादुर भट्टराईले जानकारी दिनु भयो ।
यता अन्य विभिन्न क्षेत्रहरुबाट पनि सहयोग हुने क्रम जारी रहेको केदारकुमार भुजेलले जानकारी दिएका छन् ।