Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

रामेछाप–काठमाण्डौ सिर्जनशिल समाजद्धारा उदयपुरका जेष्ठ नागरिक सम्मानित

  • उपहार न्यूज
  • बिहिबार, कार्तिक १४ २०८२
रामेछाप–काठमाण्डौ सिर्जनशिल समाजद्धारा उदयपुरका जेष्ठ नागरिक सम्मानित

उपहार न्यूज
उदयपुर कात्तिक १३
रामेछाप–काठमाण्डौ सिर्जनशिल समाज स्थापनाको १० औ बर्ष पुरा गरेको अबसरमा उदयपुरका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । समाजको स्थापना दिवशको अबसर पारेर त्रियुगा नगरपालिका वडा नम्बर १० का स्थानिय जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
समाजका प्रतिनिधि कैलास खत्रीको उपस्तिथीमा स्थानिय ५० बढि जेष्ठ नागरिकहरुलाई सम्मान सहित भोजन ग्रहण गराईइएको छ । त्रियुगा नगरपालिका वडा नम्बर १० को कार्यालयमा आयोजित कार्यक्रममा वडाअध्यक्ष किरण पाण्डे वडा सदस्यहरु सनिदेव मगर, उर्मिला विक, स्थानिय समाजसेवी सुमन परियार, उदयपुर कलाकार समाजका अध्यक्ष असोक सिवा लगायतको उपस्तिथी रहेको थियो । पत्रकार महासंघ उदयपुरका उपध्यक्ष विश्वराज तामाङको समन्वय तथा सहजीकरणमा आयोजित कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान संगै भोजन कार्यक्रमको आयोजना गरिएको हो । त्रिनपा १० को वडा कार्यालयमा हरेक दिन जेष्ठ नागरिकहरु भेला भएर विभिन्न बाद्य बाद्यनको सामाग्री सहित भजन कृतन लगायबाट मनोरञ्जन गर्दै आएका छन् ।
१० बर्ष अघि देखि ५८४ जना आजिवन सदस्य रहेको संस्था स्थापना संगै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको संस्थाका सदस्य मध्यकाएक कैलास खत्रीले आफ्नो कर्मथलो रहदै आएको उदयपुरमा कार्यक्रमको आयोजना गरेको बताए । उनले देशका विभिन्न स्थानमा पुगेर समाजले विभिन्न सहयोग तथा कार्यक्रमहरु संचालन गर्दै आएको समेत जानकारी दिनु भयो ।
कार्यक्रममा वडाअध्यक्ष किरण पाण्डेले जेष्ठ नागरिकहरु समाजका अनुभवका खानी भए पनि समाजमा आफ्नो उमेर समुहका विचमा घुलमिल हुन नपाउदा दुःख सुखका कराकानी गर्ने साथीभाई समेत नहुने अबस्थामा वडाले प्रत्येक दिन दिवा खाजा सहित कार्यक्रम संचालन गर्दै आएको बताउनु भयो ।
वडा अध्यक्ष पाण्डेले विभिन्न क्षेत्रबाट वडाले संचालन गर्दै आएको जेष्ठ नागरिक दिवा खाजा कार्यक्रममा जन्मदिन मनाउने देखि विभिन्न कार्यक्रम संचालन गर्दै आएको समेत जानकारी गराउनु भयो । कार्यक्रममा सहभागी जेष्ठ नागरिक समाजका अध्यक्ष रामबहादुर मोक्तानले स्थानिय सरकार र विभिन्न क्षेत्रबाट जेष्ठ नागरिकहरु प्रति गरिएको यस किसिमको प्रयास सकरात्मक रहेको बताउनु भयोे ।

Last updated:2025 Oct 30 Thursday 13:11:21

प्रतिक्रिया
सम्बन्धित समाचार