Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

पत्रकार विश्वराज तामाङको पहलमा गोपिलाल परियारलाई घर निर्माण गर्ने अभियान सुरु

  • उपहार न्यूज
  • बुधबार, कार्तिक १३ २०८२
पत्रकार विश्वराज तामाङको पहलमा गोपिलाल परियारलाई घर निर्माण गर्ने अभियान सुरु

उपहार न्यूज
गाईघाट कात्तिक १२
पत्रकार विश्वराज तामाङको पहलमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० का स्थानिय गोपीलाल परियारलाई स्थायी आवास निर्माणको लागि अभियान सुरु हुने भएको छ । पत्रकार विश्वराज तामाङको घरमा तिहारको समयमा देउसी खेल्ने गएका उनलाई तामाङ परिवारले विभिन्न परिकार खुवाई सहयोग गरेको भिडियो सामाजिक संजाल टिकटकमा राखिएको थियो ।
टिकटकमा उक्त भिडियो राखिए पछि हाल सम्म करिब ३२ लाख भन्दा बढिले उक्त भिडियो रुचाएर हेरेका थिए । एक मिनेट लामो भिडियोमा वृद्धाले एक्लै देउसी खेल्दै नाचेको देख्न सकिन्छ बोल्न नसक्ने शारिरिक अशक्तता भएका बृद्धा गोपीलाल परियारको उक्त भिडियोलाई मन पराएर टिकटक मार्फत पत्रकार तामाङलाई विभिन्न स्थानबाट सहयोग उपलब्ध भएको थियो । टिकटकको भिडियो मन पराएर कुवेतमा रहेका सिता विक र अष्ट्रेलियामा रहेका बसन्त साहिले ५/५ हजार सहयोग उपलब्ध गराएका थिए । उपलब्ध भएको सहयोग रकम पत्रकार तामाङ सहित कलाकारहरु प्रदिप कुमार चौधरी, असोक सिवा र सन्तोषी तामाङ लगायतले परिवारलाई केहि दिन अघि हस्ताणतरन गरिएको थियो । दुई जनाले पठाएको १० हजार रुपैया रकम हस्ताणतरन गरिए पछि भिडियो राखिए पछि थप सहयोगहरु जुट्ने काम सुरु भएको हो ।


पत्रकार तामाङले आफुले सार्वजनिक रुपमा सहयोग गर्नका लागि घोषणा नगरे पनि भिडियो देखेरै सहयोग गर्ने क्रम बढ्दै गएको बताए । सहयोग गर्ने क्रममा विभिन्न स्थानमा रहेका व्यक्तिहरुबाट ५० हजार बढि नगद संकलन भए पछि तामाङले मंगलबार स्थानियहरु संग उक्त रकम हस्ताणतरन गर्ने या घर निर्माणको लागि अभियान सुरु गर्ने भन्ने बिषयमा छलफल चलाएका थिए ।

स्थानिय टोल िविकास संस्थाका अध्यक्ष पर्सराज राई र चन्द्र बहादुर विश्वकर्मा सहितले स्थायी आवास निर्माणको अभियान सुरु गरौ भन्ने सल्लाह बमोजिम अभियान सुरु गरिएको हो । अभियान संचालन गर्नका लागि बुधबार विहान त्रियुगा नगरपालिका १० स्थित सचेतना टोल विकास संस्थामा आयोजित छलफलबाट गोपीलाल परियार जग्गा तथा आवास व्यवस्थापन समिति गठन गरिएको छ ।
बुधबार विहान पत्रकार विश्वराज तामाङ सहित वडाअध्यक्ष किरण पाण्डे, सदस्य तिलक अछामी, स्थानिय समाजसेवीहरु सुमन परियार, सन्तोष खड्का, निमा शेर्पा सहितको उपस्तिथीमा समिति गठन गरिएको छ । समितिको अध्यक्षमा पर्शराज राई सचिवमा चन्द्र बहादुर विश्वकर्मा कोषाध्यक्षमा सरिता राई सदस्यहरुमा पदम राई, लक्ष्मी राई, किशोर परियार र किरण मगर रहेका छन् । त्यसैगरी सहयोग समन्वय समितिमा विश्वराज तामाङ, सुमन परियार, सन्तोष खड्का, निमा शेर्पा, असोक सिवा रहेका छन् । त्यसैगरी सल्लाहकार समितिमा वडाअध्यक्ष किरण पाण्डे वडा सदस्यहरु तिलक अछामी, सनिदेव मगर र स्थानिय समाजसेवी तुलविर विश्वकर्मा रहेका छन् ।


मुल व्यवस्थापन समितिका अध्यक्ष सचिव र कोषाध्यक्षको नाममा बैक खाता संचालनमा ल्याई अव सहयोग रकम सोहि खातामा जम्मा गर्ने गरी अभियानको सुरुवात भएको समितिका अध्यक्ष पर्शराज राईले जानकारी दिनु भयो ।
अभियानलाई सहयोग पु¥याउन लामो समय देखि दुवईमा बस्दै आएका युवा समाजसेवी निमा शेर्पाले व्यक्तिगत ३० हजार रुपैया, पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष विश्वराज तामाङले व्यक्तिगत २० हजार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यता सामाजिक संजाल टिकटकको माध्यमबाट पत्रकार विश्वराज तामाङको खातामा हाल सम्म कुवेतमा रहेका सिता विकबाट ५ हजार, बसन्त साहि अस्ट्रेलियाबाट ५ हजार, तृसना राना बुटवलबाट २ हजार, सुस्मीता मल्ल ठकुरीबाट २ हजार, प्रमिस कुवर बुटवल हाल अस्ट्रेलियाबाट २ हजार, आयुसा लामा काभ्रे हाल अस्ट्रेलियाबाट ५ हजार, निग्माछेकी लामा शेर्पा ताप्लेजुङ अनल कुवेतबाट ५ हजार एक सय, किशोर पिठाकोठे संखुवासभा हाल दक्षिण कोरियाबाट ४ हजार ४ सय ४४ रुपैया, सन्तकुमार विश्वकर्मा खोटाङ हाल कतारबाट ५ हजार ५ सय रुपैया, रसिक खड्का काठमाण्डौबाट १ हजार रुपैया, चन्दा लिम्बु सन्दकपुर इलामबाट २ हजार रुपैया, सुदिप रिजाल खोटाङ हाल काठमाण्डौबाट ६ हजार ९ सय ९२ रुपैया, अमृता राई उर्लाबारी १ मोरङ हाल साईप्रसबाट ५ हजार रुपैया, दुर्गा शेर्मा इलाम चुलाचुली हाल दुवईबाट ५ हजार, सचिन सुनदास पथरी शनिश्चरे मोरङ हाल पोल्याण्डबाट ५ हजार एक सय रुपैया र प्रमिला बस्नेत कुवेतबाट दुई हजार ६ सय रुपैया सहयोग उपलब्ध भएको जनाईएको छ । उपलब्ध रकम गोपीलाल परियार जग्गा तथा आवास निर्माण मुल समितिलाई हस्ताणतरन गर्ने पत्रकार तामाङले जानकारी दिनु भयो । समितिले हाल पहिलो चरणमा जग्गाको खोजी गर्ने र उक्त जग्गाको लागत र घर निर्माणको लागि आवश्यक तयारीमा जुट्ने संगै सहयोग संकलन गर्ने अभियान पनि सुरु गरिने सचिव चन्द्र बहादुर विश्वकर्माले जानकारी दिनु भयो ।

 

Last updated:2025 Oct 29 Wednesday 13:14:11

प्रतिक्रिया
सम्बन्धित समाचार