Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

साईकिलि संघद्धारा शुभकामना आदनप्रदान

  • उपहार न्यूज
  • शनिबार, कार्तिक २ २०८२
साईकिलि संघद्धारा शुभकामना आदनप्रदान

उपहार न्यूज
उदयपुर कात्तिक १
जिल्ला साईकिलिङ संघ उदयपुरको आयोजनामा दिपावी तथा छठ पर्वको अबसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । होटल वल्ड दरबारमा शनिवार विहान शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतले त्रियुगा नगर क्षेत्रमा २०२३ साल देखि स्थापना भएको बजार व्यवस्थापन समिति निर्माण देखि हाल सम्म सामाजिक सद्भाव, भाइचारा र एकताका विच समाज अघि बढि रहेको बताउनु भयो । नगर प्रमुख बस्नेतले गाईघाटमा विशेषगरी दिपावली र छठ पर्व सबै समुदायले मनाउने पर्वको रुपमा रहेकाले पछिल्लो समय विकसित घटनाक्रमले समाजमा सुरक्षा चुनौती थपिएकाले सुरक्षा निकायहरुले यस तर्फ ध्यान दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली सेनाको १८ नम्बरका बाहिनीपती साहयक रथी विमल बस्नेतले उदयपुरमा साईकिलिङ खेलको विकास भएको बिषयमा खुसी व्यक्त गर्नु भयो ।
कार्यक्रममा उपप्रमुख महेश्वरी राईले सामाजिक एकताका विच पर्वहरु मनाउनु पर्नेमा जोड दिनु भयो, समाजमा हुने विभिन्न अवाञ्छित क्रियाकलापहरुले समाजलाईनै हानी गर्ने भएकाले त्यस तर्फ सबैले सचेत हुनु पर्ने आवश्यक्ता समेत रहेको औल्याउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले चाडपर्व केन्द्रित सुरक्षा योजना अनुसार जिल्लाको सुरक्षा संयन्त्र क्रियाशिल रहेको बताउनु भयो । उहाँले चाडपर्वलाई लक्षित गर्दै तिहारमा साझ ८ बजे सम्म मात्रै देउसी भैलो कार्यक्रम राख्नको लागि समेत आग्रह गरिएको बताउनु भयो ।
जिल्ला साईकिलिङ संघका अध्यक्ष माधव वाणियाले साईकल संघले आयोजना गर्ने कार्यक्रमहरुमा स्थानिय सरकार त्रियुगा नगरपालिका, सुरक्षा निकाय, पत्रकार, नागरिक समाज सबैले देखाएको साथ सहयोग प्रति कृतज्ञता व्यक्त गर्नु भयो । कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार, सामाजिक अभियानकर्मी, साईकल राईडर लगायतको उपस्तिथी रहेको थियो ।

Last updated:2025 Oct 18 Saturday 16:36:11

प्रतिक्रिया
सम्बन्धित समाचार