एक्सप्रेस संबाददाता
उदयपुर कात्तिक १
जिल्लाको शान्ति सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले तिहारमा देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम साझ ८ बजे सम्म मात्र संचालन गर्नका लागि आग्रह गरेको छ । सामाजिक सरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले चाडपर्वको नाममा धार्मिक, जातिय वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै किसिमको गतिविधि नगर्न नगराउनको लागि आग्रह गरेको छ । प्रशासनले मनोरञ्जनका लागि अतिसबाजी, पटाका, भुँचम्पा, बम जस्ता विस्फोटक पदार्थहरुको खरिद विक्रि, ओसारपसार तथा प्रयोग नगर्नका लागि समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले जानकारी दिनु भयो । प्रशासनले चाड पर्वको समयमा दियो दियो तथा विद्युतिय वत्तिहरु प्रज्वलन गर्दा आगलागिका घटना समेत घट्न सक्ने भन्दै सचेत समेत गराएको छ ।
त्यसैगरी प्रमुख सडक मार्गहरु अवरोध नगर्ने, दैनिक उपभोग्य सामाग्रीमा कालोबजारी, मिसावट तथा म्याद नाघेका सामाग्री विक्रि वितरण नर्गका लागि आग्रह गरेको छ । यता चाड पर्वको अबसरमा कानुनले निषेघ गरेको जुवा, तास, चिट्ठा, डाईस, लङगुरबुर्जा, अनलाईन सपिङको नाममा हुने ठगीका साथै अवैद्य विद्युतिय कारोबार नगराउन समेत उर्दी जारी गरेको छ । त्यसैगरी चाड पर्वको नाममा सवारी साधन चलाउदा अस्वस्थ प्रतिस्पर्धा नगर्ने, क्षमता भन्दा बढी यात्रु नबोक्ने, तोकिए भन्दा बढि भाडा नलिने र ट्राफिक नियम पालना संगै माधक पदार्थ सेवन गरेर होहल्ला नगर्न समेत प्रशासनको आग्रह छ ।