Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

एलबिन प्रोडक्सन उद्घाटन

  • उपहार न्यूज
  • शनिबार, कार्तिक २ २०८२
एलबिन प्रोडक्सन उद्घाटन

उपहार न्यूज
उदयपुर कात्तिक १
गुणस्तरीय भिडियो उत्पादन गरी सेवा दिने उद्देश्यका साथ उदयपुर सदमुकाम गाईघाटमा शनिबारबाट एलबिन प्रोडक्शनको उद्घाटन गरिएको छ । प्रोडक्शन हाउसको एक कार्यक्रमका विच त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले उद्घाटन गर्नु भएको थियो ।
अमेरिकामा रहदै आएका गाईघाटा युवा एलबिन बस्नेत संचालनमा ल्याएको प्रोडक्शन हाउसले संचालनमा ल्याएको प्रोडक्शन हाउसबाट गुणस्तरी भिडियो सामाग्रीहरु उत्पादन गरिने लक्ष्य राखिएको छ । युवाहरुलाई उद्यमशिलता संग जोड्ने उद्देश्यका साथ सुरु गरिएको प्रोडक्शन हाउसमा आधा दर्जन बढि युवाहरु सहभागी छन् ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेलले विदेशमा बसेर कमाएको रकमले स्वदशमै केहि उद्यमशिलताको विकास गर्नु स्वागत योग्य कदम रहेको बताउनु भयो ।
कार्यक्रममा स्थानीय नागरिक समाज, सामाजिक अगुवार पत्रकारहरुको उपस्थिति थियो । भिडियो र अडियो निर्माण क्षेत्रमा काम गर्ने र स्थानीय प्रतिभालाई अगाडि ल्याई उनीहरूको सिर्जनशीलतालाई चिनाउने उद्देश्य रहेको जनाईएको छ । संगीत भिडियो, डकुमेन्ट्री, विज्ञापन, र पोडकास्ट निर्माणमा केन्द्रित हुने प्रोडक्सनमा युवायुवतीहरुले काम पाएका छन् । १५ वर्षअघि देखि विभिन्न इभेण्ट आयोजना गर्दै आएका बस्नेतले प्रोडक्शन हाउस मार्फत थप सामाजिक कामहरु समेत अघि बढाउने योजना रहेको बताएका छन् ।

Last updated:2025 Oct 18 Saturday 16:21:20

प्रतिक्रिया
सम्बन्धित समाचार