Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

जेएनजी आन्दोलनमा हिंसात्मक गतिविधि वलदेव चौधरीको एक करोड ९७ लाखको क्षती

  • उपहार न्यूज
  • बुधबार, असोज १ २०८२
जेएनजी आन्दोलनमा हिंसात्मक गतिविधि वलदेव चौधरीको एक करोड ९७ लाखको क्षती

उपहार न्यूज
उदयपुर असोज १
त्रियुगा नगरपालिका उदयपुरका पूर्व नगर प्रमुख बलदेव चौधरीले जेएनजी आन्दोलनको नाममा अपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिहरुको पहिचान गरी कानुनी कारवाहि गरिनु पर्ने माग राख्नु भएको छ । भाद्र २४ गते जेएनजी आन्दोलनको क्रममा त्रियुगा नगरपालिका १२ स्थित चौधरीको घरमा पनि लुटपाट र आगजनी गरिएको थियो । बुधबार पत्रकार सम्मेलन गर्दै चौधरीले आफु सधै समाज प्रति जिम्मेबार भएर समाजको विकासको लागि लाग्ने योद्धा हुदा हुदै पनि अपराधिक मानसिकता बोकका व्यक्तिहरुबाट आक्रमण हुनु दःखद भएको बताउनु भयो । चौधरीको घरबाट सुनचादी, लत्ता कपडा, खाद्यन्न गरी एक करोड ९७ लाख बराबरको क्षती पुगेको बताउनु भयो ।
चौधरीले जेएनजी आन्दोलनको क्रममा आफु संगै त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, उपसभामुख सिर्जना दनुवार, वडा अध्यक्ष सुमन्त कोइराला सहित सरकारी संरचनाहरुमा भएको लुटपाट र आगजनी प्रति समेत दुःख व्यक्त गर्दै त्यसमा संलग्नको खोजी गरी कारवाहिको दायरामा ल्याउनु पर्ने बताउनु भयो । चौधरीले आफु सामाजिक क्षेत्रमा क्रियाशिल एक जिम्मेबार राजनितिकर्मी भएकाले त्रियुगा नगर र जिल्लाकै विकास प्रति सधै चिन्ता र चासोका साथ विभिन्न योजनाहरु निर्माण गरेर अघि बढिरहेको अबस्थामा भएको यस घटनाबाट विचल्लीत भने नभएको बताउनु भयो । नेकपा एकिकृत समाजवादीका केन्द्रिय सचिव समेत रहेका चौधरीले नेकपा एसको उदयपुर जिल्ला पार्टी कार्यालय समेत आगजनी भएको प्रति दुःख व्यक्त गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार