Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

“जेएनजी आन्दोलनमा अराजकता ः सर्वपक्षीय भोलाको निस्कर्श दोषी पहिचान गरी कानुनी कारबाही”

  • उपहार न्यूज
  • सोमबार, भाद्र ३० २०८२
“जेएनजी आन्दोलनमा अराजकता ः सर्वपक्षीय भोलाको निस्कर्श दोषी पहिचान गरी कानुनी कारबाही”

उपहार न्यूज
उदयपुर भाद्र ३०
भादै २४ गते उदयपुर सदरमुकाम गाईघाटमा भएको जेएनजी आन्दोलनको आडमा आतंक मच्याउने समुहको पहिचान गरी तत्काल कानुनी कारवाहिमा ल्याउनु पर्ने जोड गरिएको छ । भ्रष्टचार बिरुद्ध सुशासन र सरकारका गलत कदमको बिरुद्धमा जेएनजी पुस्ताले आव्हान गरेको आन्दोलनको आडमा अराजकता मच्याउनेहरुलाई कानुनी कारवाहि गर्नु पर्ने सरोकारवालाहरुले माग राखेका छन् । सोमबार त्रियुगा नगरपालिकाको सभाहलमा आयोजित सर्वपक्षिय भेलाका सहभागीहरुले जेएनजी आन्दोलनको नाममा सरकारी संरचना, व्यक्तिका निजि सम्पत्ति माथि भएको भौतिक क्षतिको पु¥याउनेलाई खोजी खोजी कारवाहि गरिनु पर्ने जोड दिईएको हो ।
त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेत, कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवार, उपप्रमुख महेश्वरी राई सहितका जनप्रतिनिधि, राजनैतिक दल, उद्योगी व्यवसायी, सामाजिक अभियानकर्मी, पत्रकार, नागरिक समाजका प्रतिनिधिहरुले घटनामा संलग्नलाई कारवाहि गरिनु पर्ने माग राखेका छन् ।
भाद्र २४ गते आन्दोलनको क्रममा भिड उत्जेजित हुदा त्रियुगा नगरपालिकामा भएको तोडफोड तथा आगजनी बाट एक करोड बराबरको क्षती भएको त्रियुगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार खड्काले बताउनु भयो ।
त्रियुगा नगरपालिका वडा नम्बर ११ पूर्णरुपमा आगजनी गर्दा वडाका सम्पूर्ण कागजात, भौतिक सामाग्रीहरु जलेर नष्ट हुदाँ वडाबाट हुने सेवा तत्तकाल सेवा प्रवाह गर्न सकिने अबस्था नरहेको वडाअध्यक्ष सुमन्त कोइरालाले बताउनु भयो । सोमबार आयोजित सर्वपक्षिय छलफलमा नेपाली कांग्रेस त्रियुगा नगर उपसभापती सर्मिला थापा, एमाले नगर अध्यक्ष विश्वराज भट्टराई, माओवादी केन्द्रका नेता राधारमण खतिवडा, जसपाका नेता ओसन घिमिरे, रास्वपाका त्रियुगा नगर अध्यक्ष उत्तम रिजाल, राप्रपाका नेता लगायतका राजनैतिक दलका प्रतिनिधिहरुले कुनै पनि हालतमा अपराधिक मनसाय राखेर तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरुलाई कानुनी कारवाहि गरिनु पर्ने जोड दिएका थिए । छलफलमा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगत, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष नविन बस्नेत, सामाजिक अभियनता नजबुल खान, सुमन परियार त्रियुगा नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मान बहादुर राई, पत्रकार सेनानी कौशल चेम्जोङ, पत्रकार महासंघका अध्यक्ष भक्तिविलास पोख्रेलले कुनै पनि हालतमा यस किसिमको अराजकता स्वीकार्य नहुने बताउनु भयो ।
उहाँहरुले जेएनजी पुस्ताको जायज माग प्रति आफुहरुको पनि नैतिक समर्थन रहेको बताउदै आन्दोलनको आडमा सार्वजनिक तथा व्यक्तिको सम्पत्ति माथि गरिएको क्षती कुनै पनि हालतमा स्वीकार्न नसकिने बताएका थिए ।
सर्वपक्षिय बैठक पछि सहभागीहरुले जेएनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्ने प्रस्ताव पास गरेका थिए । छलफलका सहभागीहरुले त्रियुगा नगरपालिका क्षेत्रमा भएको घटनामा सलग्नलाई पहिचान गरी कानुनी कारवाहिको लागि प्रतिबद्धता जनाएका छन् । यसै विच सेवा अबरुद्ध रहेको त्रियुगा नगरपालिकाको नियमित सेवा असोज १ गतेबाट सुचारु गरिने भएको छ । नगरपालिकाले नगर क्षेत्रका टोल विकास संस्थाहरुलाई आआफ्नो टोलको सुरक्षा प्रत्याभुत गर्न कुनै पनि अवाञ्छित गतिविधि भए तत्कालै नगरमा खबर गर्नका लागि समेत आग्रह गरेको छ ।
छलफलमा सहभागी कोशी प्रदेश सभा उपसभामुख सिर्जना दनुवार, त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमेख महेश्वरी राई र वडाअध्यक्ष सुमन्त कोइरालाले समाजलाई सुरक्षित र भयरहित बनाउनु सबै नागरिकको जिम्मेबारी रहेको बताउनु भयो ।
आज जनप्रतिनिधिहरुको घरमा व्यक्तिको नाम तोकेर घर तोडफोड र आगजनी गर्ने समुहले भोली जो कसैको पनि घरमा तोडफोड गर्न सक्ने भएकाले त्यस्ता प्रवृत्तिका व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउनु पर्ने जोड थियो ।
उहाँहरुले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सहयोग पु¥याउन सम्पूर्ण त्रियुगा नगरबासीहरुलाई आग्रह समेत गर्नु भएको छ । त्रियुगा नगर प्रमुख बसन्तकुमार बस्नेतले घटनामा संलग्नहरुको सिसि क्यामेरा, विभिन्न सामाजिक संजालमा आएका भिडियो फोटो र विभिन्न व्यक्तिहरु संग रहेको भिडियो र फोटो संकलन गर्ने काम भैरहेकाले घटनामा संलग्नहरुको पहिचान भैरहेको समेत बताउनु भयो ।

 

Last updated:2025 Sep 15 Monday 14:34:24

प्रतिक्रिया
सम्बन्धित समाचार