Upahar News मंगलबार, साउन १२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा जेएनजी आन्दोलनको आडमा हिंसा ः सरकारी र निजि सम्पत्ति ध्वस्त करोडौ क्षती

  • उपहार न्यूज
  • आइतबार, भाद्र २९ २०८२
उदयपुरमा जेएनजी आन्दोलनको आडमा हिंसा ः सरकारी र निजि सम्पत्ति ध्वस्त करोडौ क्षती

उपहार न्यूज
उदयपुर भाद्र २९
उदयपुरमा भाद्र २४ गते जेएनजी आन्दोलन नियन्त्रण वाहिर जादा उदयपुरमा आधा दर्जन सरकारी कार्यालयका भौतिक संरचना, राजनैतिक दलका पार्टी कार्यालय र व्यक्तिका निजि सम्पत्ति माथि क्षती पुगेको छ । २४ गते विहान ११ बजे बाट सुरु भएको प्रदर्शन दिउसो २ बजे पछि हिंसात्मक हुदाँ प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय उदयपुर सहित विभिन्न सरकारी कार्यालयहरु तोडफोड गरेका थिए ।
जिल्ला प्रशासन तोडफोड पछि त्यहाँ बाट फर्कने क्रममा त्रियुगा नगरपालिका वडा नम्बर १० मा निर्माण भएको त्रियुगा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको झ्यालका सिसाहरु फुटाएका थिए । प्रदर्शनकारीहरु थप आक्रमक हुदै त्रियुगा नगरपालिकामा तोडफोड र आगजनी गरेका थिए । उनीहरुले त्रियुगा नगरपालिकाका न्यायीक समितिको कार्यालय तोडफोड र त्यहाँ भएका फर्निचर, कमप्युटर, कागजातहरु पूर्णरुपमा जलाएर नष्ट गरेका थिए । उनीहरुले त्रियुगा नगरपालिकाको झ्यालका सिसाहरु, नगरपालिकामा भएको मोटरसाईकल, फर्निचरहरु समेत जलाएका थिए ।
प्रदर्शनकारीले त्रियुगा नगरपालिका वडा नम्बर ११ मा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालय, त्रियुगा नगरपालिका १२ मा रहेको नेकपा एमालेको पार्टी कार्यालय र त्रियुगा नगरपालिका १२ मा रहेको माओवादी केन्द्रको पार्टी कार्यालय र राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा फर्निचर, कमप्युटर, महत्वपूर्ण कागजात, अभिलेख लगायत पूर्ण रुपमा जलाएर नष्ट पारेका थिए । गाईघाट स्थित बन्द रहेको गार्डेन मार्ट डिपार्टमेण्ट स्टोरमा चोरी, लुटपाट र तोडफोड गरिएको थियो ।
प्रदर्शनकारीहरुले कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारको घर तोडफोड गर्नुका साथै घर भित्र रहेको बहुल्य सामाग्री, फर्निचर, लत्ताकपडा, नगद, गहना गरी करिब १ करोड बरारको क्षती पु¥याएका छन् । त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राईको त्रियुगा नगरपालिका ११ हिमाली टोलमा रहेको घर प्रदर्शनकारीको समुहले तोडफोड र आगजनीबाट पूर्णरुपमा क्षती पुगेको छ ।
आगजनीबाट घर पूर्णरुपमा क्षती पुगेको छ, ३० बर्ष अघि निर्माण गरिएको घर पूर्णरुपमा क्षती पुग्दा उपमेयर राई यतिवेला आफन्त र शुभचिन्तककोमा आश्रय लिई रहुन भएको छ ।
राईको घर भित्र रहेको गरगहना, फर्निच, लत्ताकपडा, भाडाकुडा, खाद्यन्न, नगद, महत्वपूर्ण कागजातहरु चोरी तथा जलाएर नष्ट गर्दा करिब दुई करोड बराबरको क्षती पुगेको प्रारम्भीक आकलन गरिएको छ । यता त्रियुगा नगरपालिका प्रमुख बसन्तकुमार बस्नेतको घर भित्र पसेर चोरी र तोडफोड गर्दा करिब १ करोड बराबरको क्षती पुगेको छ प्रारम्भीक अनुमान गरिएको छ ।
त्यसैगरी त्रियुगा नगरपालिका पुर्व प्रमुख बलदेव चौधरीको घर समेत प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । तोडफोड, चोरी र आगजनीबाट चौधरीको घरमा रहेको लत्ताकपडा, छोरी विहेको लागी राखिएको गहना, खाद्यन्न, विभिन्न बहुमुल्य सामाग्रीहरु चोरी तथा आगजनी हुदाँ करिब दुई करोड २५ लाख बराबरको क्षती पुगेको छ । यता त्रियुगा नगरपालिका वडा नम्बर ११ सुमन्त कोइरालाको घरमा पनि सोहि दिन भएको तोडफोड हुदाँ ४४ लाख बराबरको क्षती पुगेको कोइरालाले बताउनु भयो ।
प्रदर्शनकारीले एनआईसी एसिया बैंक मुनी पार्किङमा राखिएको सामाजिक अभियन्ता नजबुल खानको मोटरसाईकल गाईघाटको मुख्य चोकमा लगाएर आगजनी गरेका थिए । उता चौदण्डिगढी नगरपालिका ७ बेल्टारमा नेपाल रेडक्रस सोसाईटी उदयपुरका सभापती शम्भु पौडेलको घरमा समेत जेएनजी समुहले तोडफोड गरेका छन् । उक्त घटनाको भने जेएनजी समुहले घटनाको जिम्मेबारी लिएको छ । प्रदर्शनकारीले त्रियुगा नगरपालिका ११ स्थित विपि चोकमा रहेको विपिको सालिकमा समेत तोडफोड गरेका थिए ।

Last updated:2025 Sep 14 Sunday 13:56:56

प्रतिक्रिया
सम्बन्धित समाचार