उपहार न्यूज
उदयपुर भाद्र १७
सामुदायीक वन मार्फत महिला, दलित, सिमान्तकृत र पिछडिएका क्षेत्रका नागरिकहरुको नेतृत्व तथा क्षमता विकासमा टेवा पुगेको सामुदायीक वन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारीले बताउनु भएको छ ।
उहाँले सामुदायीक वन मार्फत सामाजिक, आर्थिक र वातवरणीय विकास भैरहेको समेत बताउनु भयो । उदयपुरमा मंगलबारबाट सुरु भएको वन पुस्र्थापना सम्बन्धि अन्तरक्रिया कार्यक्रमको उद्घाटन शत्रलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले वन ऐन २०७६ मार्फत सामुदायीक वनमा पर्या पर्यटन, उद्यमशिलताको विकास र महिलाहरुको नेतृत्व विकास भैरहेको समेत उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै सामुदायीक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले सामुदायीक वन अभियानले गर्दा नेपालका वनहरुको संरक्षण भैरहेको बताउनु भयो । उहाँले सरकारले यसलाई अवसरको रुपमा लिएर सामुदायीक वनहरुको वृत्तिविकासका कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिनु भयो । सोमबार बाट उदयपुरमा सुरु भएको वन पुनस्र्थापना सम्वन्धि दुई दिने अन्तरक्रिया कार्यक्रम सामुदायीक वन उपभोक्ता महासंघ नेपाल, फरेष्ट एक्शन नेपाल, फरेष्ट एशोसिएसन नेपालको आयोजनामा सुरु भएको हो ।
अन्तरक्रिया कार्यक्रममा उदयपुरका विभिन्न सामुदायीक वनका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागीता रहेको सामुदायीक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले जानकारी दिनु भयो । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोख्रेल, गैसस महासंघका अध्यक्ष सिर्जना बस्नेत, डिभिजन वन कार्यालयका अधिकृत रामभगत यादवले शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रममा वन महासंघका केन्द्रिय सदस्य एसोधरा पोख्रेलले स्वागत तथा वन महासंघ उदयपुरका उपाध्यक्ष नर बहादुर खड्काले संचालन गर्नु भएको थियो ।