Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा ४० जनाले गरे रक्तदान

  • उपहार न्यूज
  • शुक्रबार, भाद्र ६ २०८२
उदयपुरमा ४० जनाले गरे रक्तदान

उपहार न्यूज
उदयपुर भाद्र ६
विश्व बन्धुत्व दिवशको अबसर पारेर ब्रह्माकुमारीज् समाज प्रभागको आयोजनामा उदयपुरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्रह्माकुमारीज राजयोगीनी प्रकाशमणी दादी ज्यूको १८ औ पुण्य तिथिको अबसर पारेर ब्रम्हाकुमारी राजयोग केन्द्र गाईघाटमा आयोजित रक्तदानमा ४० जनाले रक्तान गरेका छन् ।
एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईलले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस उदयपुरको प्राविधिक सहयोगमा संचालन गरिएको थियो । कार्याक्रममा विभिन्न संघ संस्था, पत्रकार लगायतको उपस्तिथी रहेको थियो ।

Last updated:2025 Aug 22 Friday 15:57:34

प्रतिक्रिया
सम्बन्धित समाचार