Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

रास्वपा नेतृद्धारा पत्रकार दुव्र्यवहार प्रति महासंघको निन्दा

  • उपहार न्यूज
  • शनिबार, साउन १८ २०८२
रास्वपा नेतृद्धारा पत्रकार दुव्र्यवहार प्रति महासंघको निन्दा

उपहार न्यूज
उदयपुर श्रावण १७
नेपाल पत्रकार महासंघ उदयपुर शाखाले पत्रकार राकेस नेपालीमाथि भएको दुव्र्यवहारको निन्दा गरेको छ । कान्तिपुर दैनिकको उदयपुर संवाददाता नेपालीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको त्रियुगा नगर अधिवेशनको समाचार संकलनको क्रममा दुव्र्यवहार गरिएको थियो ।
महासंघले विज्ञप्तीमा भनेको छ कान्तिपुर दैनिक उदयपुरका संवाददाता पत्रकार राकेस नेपालीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको त्रियुगा नगर अधिवेशनको समाचार संकलनको क्रममा भएको दुव्र्यवहार प्रति नेपाल पत्रकार महासंघ उदयपुर शाखाको गम्भीर ध्यानकर्षण भएको छ ।
२०८२ श्रावण १७ गते त्रियुगा नगरपालिका ३ स्थित होटल इम्पायर ईनमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम त्रियुगा नगर अधिवेशनको समाचार संकलनको लागि पुगेका पत्रकार नेपालीलाई रास्वपाका नेतृ सरिन तामाङले क्यामेरा खोस्ने फोटो खिच्न अवरोध पु¥याउदै गरेको दुव्र्यवहार प्रति पत्रकार महासंघ उदयपुर शाखा घोर निन्दा गर्दछ ।
रास्वपाले नगर अधिवेशनको समाचार संकलनको लागि नेपाल पत्रकार महासंघ उदयपुर शाखालाई संस्थागत निमन्त्रणा गरेको आधारमा पत्रकार राकेस नेपाली त्यहाँ पुगेका थिए ।
महासंघ यो हर्कतप्रति कडा आपत्ति र खेद प्रकट गर्दछ । कुनै पनि वहानामा पत्रकारलाई हतोत्साहित गर्ने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको भएका यस किसिमको हर्कतको भत्र्सना गर्दै घटनाको छानबिन गर्न र दोषीमाथि आवश्यक कानुनी कारबाही गरी सुरक्षित एवं भयरहित पत्रकारिताको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानर्कषण गराउँदछ ।

Last updated:2025 Aug 02 Saturday 15:12:38

प्रतिक्रिया
सम्बन्धित समाचार