एक्सप्रेस संबाददाता
उदयपुर श्रावण १७
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. सेवाकेन्द्र गाईघाट ले आर्थिक बर्ष २०८१/८२ मा आफ्नो शेयर सदस्य हरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सात लाख छ हजार सात सय पचास रुपैयाँ मात्र सहयोग गरेको छ । संस्थाले आफ्ना शेयर सदस्य हरुलाई आर्थिक बर्षमा विभिन्न समयमा कार्यक्रम संचालन गरी उक्त रकम हस्तान्तरण गरेको हो । जसमा १ जना शेयर सदस्य र २ जना शेयर सदस्यको श्रीमान गरि ३ जनाको मृत्यु भएपछि ऋण मिनाहा कार्यक्रम बाट चार लाख ४४ हजार भुक्तानी गरिएको हो । त्यसैगरी १९ जना शेयर सदस्यको सासु ससुरा लगायत एकाघर परिवारका सदस्यको मृत्युुमा १८ हजार समबेदना रकम ९० हजार रकम हस्तान्तरण गरिएको हो । त्यसैगरि सुत्केरी भत्ता बापत ११ जना शेयर सदस्यलाई २२ हजार कुकुर बिरालोले टोकेको र हात भाँचिएको उपचार खर्च बापत ४ जनालाई १० हजार र विभिन्न रोगको शल्यक्रिया बापत १२ जना शेयर सदस्यलाई एक लाख २२ हजार ७ सय ५० रुपैया रकम समेत हस्तान्तरण गरिएको हो । सहारा नेपाल साकोस ले गत आर्थिक बर्षमा जम्मा ४९ जना शेयर सदस्य हरुलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ७ लाख ६ हजार ७ सय ५० सहयोग हस्ताणतरण गरेको गाईघाट शाखा प्रमुख विदुर प्रसाद रेग्मीले बताउनु भयो ।