Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

६४ अभिभावकलाई बालसमृद्धि सम्वन्धी अभिमुखिकरण

  • उपहार न्यूज
  • शनिबार, असार २८ २०८२
६४ अभिभावकलाई बालसमृद्धि सम्वन्धी अभिमुखिकरण

शंकर रिखाम मगर-
उदयपुर, असार २८ । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ मुर्कुची क्षेत्रका बिभिन्न ६४ जना अभिभावकहरुलाई स्पोन्सरशिप कार्यक्रम संचालन पद्धति र बालसमृद्धि सम्वन्धि अभिमुखिकरण सम्पन्न गरेको छ । १ दिवसिय अभिमुखिकरण कार्यक्रममा वल्र्डभिजन इन्टरनेशनल नेपालमा दर्ता भएका बालबालिकाहरुको अभिभावक गुराँसे, डुम्रिथुम्का, धाङ्ले, राजाबास, पुवाँरे, खानिटार र मुर्कुची गाउँका सहभागी रहेका थिए ।

कर्यक्रममा अभिभावकहरुलाई बाल स्पोन्सरशिप कार्यक्रम संचालन प्रकृयाको बारेमा स्पष्ट पार्दै जाल्पा र वल्र्ड भिजनको पहिचानको वारेमा बाल संरक्षण, बाल समृद्धि र घटना व्यवस्थापनको वारेमा जानकारी गर्दै स्पोन्सरशिप के हो ? के होइन ? भन्ने वारेमा जाल्पा एकिकृत विकास समाजका कार्यक्रम अधिकृत रुद्र प्रसाद पोखरेलले उद्देश्यको वारेमा प्रष्ट पारेकाथिए ।

आरसी बालबालिका कसालाई भनिन्छ । कस्ता खालका बालबालिकाहरु वल्र्ड भिजनमा दर्ता गरिन्छ, सहयोगि दाता को हुन् र कस्तो अवस्थामा सहयोग पाउन सकिन्छ ? भन्ने वारेमा जानकार भएको सहभागि सोनीका तामाङले वताउदै जाल्पा र वल्र्ड भिजन इन्टरनेशनल को हो ? भन्ने वारेमा प्रष्ट भएको वताइन । उक्त एक दिवसिय अभिमुखिकरण तालिम वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र जाल्पा एकिकृत विकास समाज उदयपुरको आयोजनामा सम्पन्न भएकोथियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार