विश्वराज तामाङ
उदयपुर असार २०
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, खोटाङ्ग, जोन प्राविधिक एकाइ, उदयपुरले चालु आर्थिक बर्ष २०८१/०८२ मा सञ्चालन गरेको अनुदान कार्यक्रमहरुको समीक्षा गर्ने उद्देश्यका साथ संयुक्त अनुगमन गरिएको छ ।
जिल्ला समन्वय समिति प्रमुख गौर बहादुर विश्वकर्माको संयोजकत्वमा आयोजित अनुगमन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, जिल्ला समन्वय अधिकारी आसिस अर्याल, कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्र यादव, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, उदयपुरका प्रमुख शुक्रराज लिम्बु, घरेलु तथा साना उधोग कार्यालयका अधिकृत दिनेश रेग्मि लगायत परियोजना कार्यान्वयन एकाइका प्रमुख एवं कर्मचारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
परियोजना कार्यान्वयन एकाइ, खोटाङ, जोन प्राविधिक एकाइ, उदयपुर अन्तर्गत सुन्तोला जात जोन, अदुवा÷वेसार जोन, बहुबाली जोन र बाख्रा जोन सक्रिय रुपमा सञ्चालनमा रहेको छ । सुन्तोला जोन तर्फ जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग कार्यक्रम, कोल्डरुम निर्माणका लागि अनुदान सहयोग रहेको छ भने अदुवा÷वेसार जोन तर्फ जोन क्षेत्रमा कृषि यान्त्रीकरणमा अनुदान रहेको छ । बहुबाली जोनमा जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग कार्यक्रम, सिंचाई संरचना निर्माणमा अनुदान सहयोग र बाख्रा जोनमा बाख्रा नमूना खोर निर्माण, बाख्रापालन उपयोगी यान्त्रीकरण तथा सिंचाई संरचना निर्माण लगायत पशु नश्ल सुधार कार्यक्रम एवं बाह्य परजिवी नियन्त्रणका लागि डिपिङ्ग टैङ्क निर्माणमा अनुदान सहयोगको कार्यक्रम संचालन गरिएका इकाई प्रमुख दिपेन्द्र मनोहर चौधरीले जानकारी दिनु भयो ।
परियोजना कार्यान्वयन एकाइ, खोटाङ्ग, मार्फत एकाइको कार्यक्षेत्र खोटाङ्ग र उदयपुर जिल्ला समेटिने गरी चक्लाबन्दीमा आधारित खेति मार्फत उत्पादन बृद्धिको लागि सहयोग कार्यक्रम, चैते धान प्रबध्र्दन कार्यक्रम तथा सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम (पूँजिगत) समेत अनुदान सहयोगमा सञ्चालनमा रहेको जानकारी जोन प्राविधिक एकाइका सम्पर्क व्यक्ति कृषि प्राविधिक उत्तम पोखरेलले जानकारी गराउनु भयो ।
परियोजना कार्यान्वयन एकाइ, खोटाङ्ग मार्फत चालु आ.ब.मा सुन्तोला जोन तर्फ ५० प्रतिशत अनुदानमा जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग कार्यक्रम अन्तरगत मिनिटिलर ५ एच.पि ४ थान, ७ एच.पि ३ थान, ९ एच.पि ३ थान, डिजिटल तौल मेसिन १०० के.जि ३ थान, चार्जेवल स्प्रेयर ७ थान, ब्रस कटर ३ थान र सिकेचर ५ वटा सहयोग गरिएको छ भने अदुवा/वेसार जोनमा पनि जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोगमा ४ चक्के मिनिटिलर २ थान, ९ एच.पि १ थान, ७ एच.पि ५ थान, पावरट्रिलर १ थान, च्यापकटर १ थान र तौल मेसिन १ थान सहयोग गरिएको छ । त्यसैगरि बहुबाली जोन तर्फ जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग कार्यक्रममा पावरट्रिलर २ थान, ट्रयाकटरमा लाग्ने रिपर १ थान, रोडाभेटर १ थान, ४ चक्के मिनिटिलर १ थान, मिनिटिलर ७ एच.पि ७ थान, मकै गोड्ने मेसिन ४ थान, मकै रोप्ने मेसिन ६ थान, मकै छोडाउने मेसिन ३ थान, डिजिटल तराजु ५ थान र चार्जेवल स्प्रेयर ८ थानका साथै सिँचाई पुर्वाधार निर्माण तथा मर्मत सम्भार तर्फ कुलो मर्मत ३ वटा, नया बोरिङ्ग गडान ४३ वटा र सिचाई मोटर ७२ वटा तथा डेलिभरी पाईप २३८० के.जि वितरण गरिएको कार्यालयले जनाएको छ ।
बाख्रा जोनमा सिंचाई संरचना अन्तरगत सिमेन्ट पोखरी ४ वटा, पाइप सिँचाई १३ वटा, आधुनिक खोर ५० वटा, बाख्रा पालन उपयोगि कृषि यान्त्रीकरण तर्फ मिनिटिलर ९ एच.पि २ वटा, ७ एच.पि १७ वटा, कम्वाइन मिल ४८ वटा, ब्रस कटर २ वटा, च्यापकटर कटर १० वटा, बडिजो क्यास्ट्रेटर ८ वटा, पशु जोख्ने तराजु ११ वटा र डिजिटल काँटा १० वितरण गरिएको इकाइले जनाएको छ । पशुनश्ल सुधारका लागि बोयर बोका २७ वटा, बोयर पाठी १८ वटा, जमुना पारि बोका १८, जमुना पारि पाठी ८० वटा, सिरोहि बोका १ वटा तथा बाह्य परजिवि नियन्त्रणका लागि डिपिङ्गट्याङ्क निर्माणमा अनुदान सहयोग उपलब्ध गराइएको छ । जिल्लास्तरमा करिब २७६ हेक्टरमा सञ्चालित चैते धान प्रर्बध्दन कार्यक्रमका लागि सिंचाई संरचनामा कुलो ६ वटा, ईनार ५ वटा र बोरिङ्ग १ वटामा अनुदान दिइएको छ भने यान्त्रीकरण तर्फ पावरटिलर २ थान, थ्रेसर २ थान, मिनि थ्रेसर ३ वटा, रिपर २ वटा, मिनि टिलर ५ एच.पि १ वटा, ७ एच.पि १३ वटा, स्प्रेयर १० वटा अनुदानमा वितरण गरिएको छ साथै वीउ तथा विषादि, धान झार्न र सुकाउन त्रिपाल समेतमा अनुदान दिइएको छ । त्यसैगरि ११६ हेक्टरमा विभिन्न बालीको चक्लाबन्दि कार्यक्रम समेत संचालन भएको छ । बेसारको चक्लाबन्दी ५ वटा ३५ हेक्टर, मकैको चक्लाबन्दी ६ वटा ५७ हेक्टर र अकबरे खुर्सानी चक्लाबन्दी २ वटा १४ हेक्टर र आलु चक्लाबन्दी १ वटा १० हेक्टरमा संचालन गरिएको छ । चक्लाबन्दी कार्यक्रम अन्तरगत सिंचाईमा मोटर २८ वटा, बोरिङ्ग २२ वटा, पाईप सिंचाइ १ वटा निर्माण तथा डेलिभरी पाइप १८०० के.जि अनुदानमा उपलब्ध गराइएको छ त्यस्तै मेसिनरीमा थ्रेसर २ वटा, रोटाभेटर २ वटा, तावा ह्यारो २ वटा, पट्याटो डिगर १ वटा, मिनिटिलर ७ एच.पि २० वटा, मकै रोप्ने मेसिन ६ वटा, मकै गोड्ने मेसिन २ वटा, मकै छोडाउने २ वटा, स्प्रेयर ५० वटा र डिजिटल काँटा ११ वटा वितरणमा सहयोग गरिएको जानकारी एकाइ प्रमुख दिपेन्द्र मनोहर चौधरीले गराउनु भयो । एकाइ प्रमुख चौधरीले व्यवसायिक कृषकहरुको उत्पादन प्रक्रियासंग सम्बन्धित पक्षहरुमा सुधार मार्फत उत्पादन लागत न्युनिकरण तथा बजारमा कृषकहरुको पहुँच वृध्दि मार्फत प्रति एकाइ मुनाफा बृध्दि गर्ने यस परियोजनाको उद्देश्य रहेको जानकारी दिनु भयो ।