Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सहकारी किर्ते तथा ठगी कसुरमा त्रिनपा १० का एक युवा पक्राउ

  • उपहार न्यूज
  • बिहिबार, असार १९ २०८२
सहकारी किर्ते तथा ठगी कसुरमा त्रिनपा १० का एक युवा पक्राउ

उपहार न्यूज
उदयपुर असार १९
सहकारीमा किर्ते तथा ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले फरारको सूचीमा रहेका त्रियुगा नगरपालिका वडा नम्बर १० का स्थानिय एक युवालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका १० बोक्सेका ३५ बर्षिय अंगिस श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार साझ पक्राउ गरेको हो । महिला जनजागृती बचत तथा ऋण सहकारी संस्थाका केही पदाधिकारीले संस्थाका पूर्व पदाधिकारीहरूको नाममा किर्ते माईन्यूटिङ खडा गरी युवा तथा साना व्यावसायी स्वरोजगार कोषको रकम हिनामिना गरेको सम्बन्धी मुद्दामा अनुसन्धानका लागि निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ परेका प्रतिवादी युवा तथा साना व्यवसायी स्वरोजगार कोषका उदयपुर जिल्ला प्रतिनिधि रहेको प्रहरीको भनाइ छ । निजलाई सम्मानीत उदयपुर जिल्ला अदालतबाट किर्ते गरी ठगी गरेको सम्बन्धी कसुरमा म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Last updated:2025 Jul 03 Thursday 15:33:47

प्रतिक्रिया
सम्बन्धित समाचार