उपहार न्यूज
उदयपुर असार १९
ग्लोबल आईएमी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय चुहाडेले स्थानिय स्तरमा फोहोर व्यवस्थापनको लागि डस्विन वितरण गरेको छ । संस्थाले त्रियुगा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष अम्बर बहादुर दनुवारलाई संस्थाका अनुगमन अधिकृत भुपेन्द्र बहादुर खड्का, शाखा प्रमुख शान्ति पथ लगायतको उपस्थितिमा डस्विन वितरण गरिएको हो ।
कार्यक्रममा वडा अधक्ष, प्रहरी चौकी ईन्चार्ज, विभिन्न राजनितीक दलका प्रतिनिधि र बजार क्षेत्रका स्थानियहरुको उपस्थितीमा कार्यक्रमको आयोजना गरी हस्ताणतरन गरिएको थियो । संस्थाले वडा कार्यालय मार्फत वडाका विभिन्न क्षेत्रमा फोहोर व्यवस्थापनमा सहयोग पु¥याउनको लागि २३ हजार बराबरको १८ वटा डस्टविन वितरण गरेको जनाएको छ ।