Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

पशुपती प्रसाद गणको आयोजनमा स्वास्थ्य शिविर ४२२ जनाले लिए सेवा

  • उपहार न्यूज
  • बिहिबार, असार १९ २०८२
पशुपती प्रसाद गणको आयोजनमा स्वास्थ्य शिविर ४२२ जनाले लिए सेवा

उपहार न्यूज
उदयपुर असार १९
नेपाली सेनाको पशुपती प्रसाद गण उदयपुरले उदयपुरको वेलका नगरपालिका वडा नम्बर २ भागलपुर वानडाडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जिल्ला सदरमुकामबाट भौगोलिक रुपमा टाढा रहेको भागलपुरमा सेनाको आयोजना निःशुल्क शिविर संचालन गरिएको हो । शिविरमा १५३ जनाले आँखा जाँच, रेडियोलोजी सेवा ५० जनाले, सामान्य स्वाथ्य परिक्षण २१९ सहित ४२२ जनाले प्रत्यक्ष सेवा लिएको पशुपती प्रसाद गण उदयपुरले जनाएको छ ।
नेपाली सेनाको पशुपती प्रसाद गणको समन्वयमा आयोजित शिविर वेलका नगरपालिका २ भागलपुरमा रहेको वानडाडा स्थित रेडक्रसको भवनमा आयोजना गरिएको थियो । नेपाली सेनाको १८ नम्बर बाहिनी फि.ए गूल्मका प्रा. सह सेनानी डा. शंकर दयाल शाह, नेपाल नेत्र ज्योती संघ उदयपुरका उपाध्यक्ष कृष्णकुमार भण्डारी, दिपशे हेल्थ केयरका डा. दिपेश यादव, नेपाल औषधि व्यवसायी संघ उदयपुर र वेलका नगरपालिका २ स्थित भागलपुर स्वास्थ्य चौकीको स्वास्थ्यकर्मीहरुले शिविरमा सहजीकरण गरेका थिए । स्वास्थ्य शिविरमा सेनाको १८ नम्बर वाहिनी अड्डाका वाहिनीपति सहायक रथी गौरव गुरुङ्ग, ्शुपति प्रसाद गणका गणपति प्रमुख सेनानी शिव प्रसाद वाग्ले, वेलका नगरपालिका वडा नम्न्बर २ का वडा अध्यक्ष प्रेम बहादुर दाहाल, डा. दिपमाला चौधरी लगायतको उद्घाटन शत्रमा उपस्तिथी रहेको थियो ।

Last updated:2025 Jul 03 Thursday 15:08:10

प्रतिक्रिया
सम्बन्धित समाचार