उपहार न्यूज
उदयपुरगढी असार १०
उदयपुरगढी गाउँपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकी मगरले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । गाउँपालिकाको १९ औ गाउँ सभा मार्फत उपाध्यक्ष जित बहादुर खड्काले चालु तर्फ ४१ लाख ४९ हजार ८५ हजार ८ सय ३४ रुपैया र पुजिगत तर्फ २६ करोड ९० लाख १९ हजार एक सय ६७ रुपैया गरी आर्थिक बर्ष २०८२/०८३ को लागि ६८ करोड ४० लाख ५ हजार एक रुपैयाको बजेट सार्वजनिक गरेको हो ।
मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित गाउँ सभाबाट पारित बजेट बाट पालिकाको आगामी आर्थिक बर्षको लागि विभिन्न विकास परियोजनालाई टेवा पुग्ने गाउँपालिकाका प्रबक्ता सहेक विश्वकर्माले जानकारी दिनु भयो ।