Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

चौदण्डिगढी नगरपालिकाको बजेट १ अर्ब १३ करोड पूर्वाधार विकासमा जोड

  • उपहार न्यूज
  • सोमबार, असार ९ २०८२
चौदण्डिगढी नगरपालिकाको बजेट १ अर्ब १३ करोड पूर्वाधार विकासमा जोड

उपहार न्यूज
उदयपुर असार ९
उदयपुरको चौदण्डिगढी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि आईतबार एक कार्यक्रमका विच बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १८ औ नगर सभा मार्फत नगरपालिकाले आगामी आर्थिक बर्षको लागि १ अर्ब १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैयाको बजेट सार्वजनिक गरेको हो । नगर सभामा उपप्रमुख मणिकादेवी दुलालले आगामी बर्षको लागि सो बजेट सार्वजनिक गर्नु भएको हो ।
नगरपालिकाले चालु तथा प्रशासनिक खर्च तर्फ ७४ करोड १० लाख र कार्यक्रम तथा पुजीगत खर्चतर्फ ३९ करोड २५ लाख ४१ हजार ६२ रुपैयाको बजेट ल्याएको हो ।
नगरपालिकाले संघिय सरकार तथा प्रदेश सरकारबाट प्राप्त राजश्व बाँडफाँडबाट १६ करोड ६९ लाख ९६ हजार, संघिय सरकार तथा प्रदेश सरकारबाट प्रापत वित्तिय समानीकरणबाट १५ करोड ३४ लाख, संघिय सरकार तथा प्रदेश सरकारबाट प्राप्त शसर्त अनुदानबाट ५३ करोड ६ लाख ६४ हजार, आन्तरिक स्रोतबाट ४ रकोड ४० लाख, विभिन्न विकास साझेदार संस्थाबाट १ करोड ७६ लाख ३६ हजार, गत सालको मौज्दातबाट १ करोड ५० लाख ७२ हजार ४ सय ६२ रुपैया र संघिय सरकार तथा प्रदेश सरकारबाट प्राप्त शसर्त समपुरकबाट १ करोड ८० लाख स्रोतबाट आगामी आर्थिक बर्षको बजेट व्यवस्थापन गरिएको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाले विभिन्न बिषयगत क्षेत्रमा समेत प्रत्यक्ष विकासको अनुभुती हुने किसिमबाट बजेट ल्याएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले आगामी आर्थिक बर्षलाई पूर्वाधार विकासको बर्षको रुपमा लिएकाले सोहि अनुसार बजेट ल्याईएको नगर प्रमुख कालुमान लामाले बताउनु भयो । नगरपालिको बजेट ल्याउन पूर्व नागरिकहरु संग अन्तरसंवाद गरेर माग र आवश्यक्ताको आधारमा छलफल गरेर नागरिकलाई छुने किसिमको बजेट ल्याईएको प्रमुख लामाले बताउनु भयो ।
आगामी आर्थिक बर्षको बजेट बाट नागरिकले आशा गरे अनुसारको कार्यक्रमहरु कार्यान्वयनका लग्नको लागि नगरपालिका प्रतिबद्ध भएर अघि बढेको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताउनु भयो । नगरपालिकाले १८ औ नगर सभाको अबसर पारेर नगरपालिका क्षेत्र भित्रका उत्कृष्ट कार्य गर्ने उपभोक्ता समिति, कार्यालयका कर्मचारीलाई समेत सम्मान गरिएको प्रशासकीय अधिकृत राईले जानकारी दिनु भया ।

Last updated:2025 Jun 23 Monday 15:23:38

प्रतिक्रिया
सम्बन्धित समाचार