Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

लागुऔषध दुरुपयोग र ओसारपसार बिरुद्ध साताव्यापी अभियान सुरु

  • उपहार न्यूज
  • शुक्रबार, असार ६ २०८२
लागुऔषध दुरुपयोग र ओसारपसार बिरुद्ध साताव्यापी अभियान सुरु

उपहार न्यूज
उदयपुर असार ६
उदयपुरमा लागुऔषध दुरुपयोग एवंम ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवशको अबसरमा सप्ताहव्यापी अभियान शुक्रबारबाट सुरु भएको छ । गृह मन्त्रालयको परिपत्र अनुसार देशभर जिल्ला प्रशासन कार्यालयको आयोजनामा सप्ताहव्यापी अभियान शुभारम्भ भएको हो ।
सप्ताह व्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शुक्रबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा सुरक्षा निकायका प्रमुख, पत्रकार, सामाजिक अभियानता, शिक्षक लगायतको उपस्तिथी रहेको थियो । अभियानको दोस्रो दिन शनिवार स्कुल तथा कलेजमा लागुऔषध विरुद्धको सचेतनामुलक कार्यक्रम संचालन गरिने, जिल्लामा संचालित पुनस्र्थापना केन्द्रमा उपचाररतको संख्या र उपचार पछि घर गएकाको संख्या संकलन तथा सार्वजनिक गर्ने, लागुऔषध ओसार पसार गर्ने नाकाहरुमा निरिक्षण गर्ने, लागुऔषध दुव्र्यसनमुक्त समाज स्थापनाको लागि युवा र समाजको भुमिका बिषयमा मावि स्तरीय वकतृत्व कला प्रतियोगीता आयोजना गर्ने, त्रियुगा जनता बहुमुखी क्याम्पसमा लागुऔषध दुव्र्यसन विरुद्ध सचेतनामुलक कार्यक्रम संचालन गर्ने र असार १२ गते पिपल चोक गाईघाटमा प्रभातफेरी सहित सप्ताहव्यापी कार्यक्रमको अन्त गर्ने प्रजिअ प्रेम प्रसाद लुईटेलले जानकारी दिनु भयो ।

 

Last updated:2025 Jun 20 Friday 15:23:52

प्रतिक्रिया
सम्बन्धित समाचार