Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा ट्राफिक सप्ताह त्रियुगा नगर प्रमुख बस्नेतले गरे उद्घाटन

  • उपहार न्यूज
  • शुक्रबार, असार ६ २०८२
उदयपुरमा ट्राफिक सप्ताह त्रियुगा नगर प्रमुख बस्नेतले गरे उद्घाटन

उपहार न्यूज
उदयपुर असार ६
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणको लागि शुक्रबाट उदयपुरमा पनि ट्राफिक सप्ताह सुरु भएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयको आयोजनामा शुक्रबारबाट सप्ताह सुरु भएको हो । सप्ताहको पहिलो दिन गाईघाट स्थित पिपल चोकबाट विविध ¥याली सहित त्रियुगा बसपार्कमा पुगेर कार्यक्रमको उद्घाटन गरिएको थियो । प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानिय महिला समुह, विद्यार्थी, यातायात व्यवसायी, पत्रकार लगायतको ठूलो उपस्तिथी रहेको थियो ।
कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतले पानसमा बत्ती बालेर गर्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेस प्रसाद लुईटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई, नेपाली सेना पशुपती प्रसाद गणका गणपती शिवप्रसाद वाग्ले, जिल्ला प्रहरी प्रमुख हरिहरनाथ योगी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि लगायतको उपस्तिथी रहेको थियो । कार्यक्रमको उद्घाटनमा बोल्दै सहभागी वक्ताहरुले दुर्घटना न्यूनीकरणको लागि सबै सचेत हुनु पर्नेमा जोड दिएका थिए । पछिल्लो समय उदयपुरमा दुर्घटनाको दर बढ्दै जादा दुर्घटना न्यूनीकरण सबैको चिन्ताको बिषय बनेको सहभागीले बताएका थिए । एक साता सम्म संचालन हुने सप्ताहको अबसरमा विभिन्न कार्यक्रम गरी अभियान संचालन हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख चन्द्र बहादुर खड्काले बताउनु भयो ।

Last updated:2025 Jun 20 Friday 15:22:29

प्रतिक्रिया
सम्बन्धित समाचार