Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

रौतामाई गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

  • उपहार न्यूज
  • आइतबार, असार १ २०८२
रौतामाई गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

कुसुम लामा तामाङ
उदयपुर असार १
रौतामाई गाउँपालिका उदयपुरको आर्थिक बर्ष २०८१/०८२ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रममा विहिबार सम्पन्न भएको छ । रौतामाई गाउँपालिकाको आफ्नै प्रशासकीय भवनको हलमा पालिकाको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुनवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाको हाल सम्म भौतिक पूर्वाधार विकास तर्फको प्रगती प्रतिवेदन प्राविधि शाखा प्रमुख प्रबुद्धकुमार यादव र गाउँपालिकका लेखा शाखा प्रमुख भुपध्वज रायामाझी गाउँपालिकाले हाल सम्मको बजेट कार्यान्वयनको अबस्थाको बिषयमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहजीकरण त्रियुगा मिडियाको. तर्फबाट सहजकर्ता देवराज राईले गाउँपालिकामा दोस्रो चौमासिक अवधिमा गाउँपालिकाको सेवा प्रवाह र नागरिकको सन्तुष्टिको बिषयमा गरिएको सर्वेक्षणको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागीहरुले विभिन्न बिषयहरुमा प्रश्न तथा जिज्ञासा राखेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष विरेन्द्र कुमार मगर, उपाध्यक्ष भुपेन्द्र बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले गाउँपालिका नागरिकको सेवालाई केन्द्रमा राखेर सधै उत्तरदायी भएर काम गर्ने बताउनु भयो ।
उहाँरुले सुशासन, पारदर्शिता र जवाफदेहितको लागि आफुहरु नागरिक प्रति सधै उत्तरदायी भएर काम गर्ने नागरिकका सुझाब तथा खबरदारीहरु प्रति सधै सचेत रहने समेत बताउनु भयो । कार्यक्रममा सहजकर्ता विश्वराज तामाङले सहजीकरण गर्नु भएको थियो ।

 

Last updated:2025 Jun 16 Monday 14:34:20

प्रतिक्रिया
सम्बन्धित समाचार