उपहार न्यूज
उदयपुर जेठ २५
त्रियुगा नगरपालिका वडा नम्बर ९ को आर्थिक बर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । त्रियुगा नगरपालिका वडा नम्बर ९ स्थित दनुवार महिला भवनमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहजीकरणको जिम्मेबारी प्राप्त गरेको सि.जि मिडियाको तर्फबाट सहजकर्ता देवराज राईले त्रियुगा नगरपालिका वडा नम्बर ० मा गरिएको नागरिक अभिमत पत्र र वहिर्गमन अभिमत पत्रमा स्थानिय नागरिकहरु संग गरिएको प्रश्नावली संकलन पछिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वडा सचिव सुशिलाकुमारी राउतले वडाको पंजीकरण र राजश्व संकलनको अबस्थाको बिषयमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष राजकुमार दनुवाले वडाले आर्थिक बर्ष २०८१/०८२ मा विनियोजन गरेको बजेट तथा कार्यक्रमको बिषयमा प्रस्तुत गर्नु भएको थिाये ।
कार्यक्रममा सहभागीहरुले वडाको कार्य सम्पादन तथा वडाका विभिन्न समस्याहरुको बिषयमा कार्यक्रममा प्रश्न, जिज्ञासा र सुझाबहरु राखेका थिए । कार्यक्रममा वडाअध्यक्ष राजकुमार दनुवारले स्थानिय नागरिकहरुले राखेका समस्य तथा वडाले संचालन गरेका कार्यक्रमको बिषयमा संवोधन गर्नु भएको थियो ।
वडाअध्यक्ष दनुवारले वडाको सबै क्षेत्रमा समानुपाति हिसाबले विकासका कामहरु संचालन गरी रहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिईने बताउनु भयो । उहाँले वडाको विकास र वडा बाट सम्पादन हुने कामलाई नागरिकमैत्री बनाउनेमा आफुहरु प्रतिबद्ध रहेको समेत बताउनु भयो । कार्यक्रममा वडा सदस्य भुपेन्द्र बुढाथोकीले कार्यक्रममा स्वागत मनतव्य राख्नु भएको थियो । कार्यक्रममा वडा सदस्यहरु मिरा विश्वकर्मा, रेणुका श्रेष्ठ सहित विभिन्न टोल विकास संस्थाका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा प्रअ, कृषक, स्थानिय महिला, युवा लगायत सरोकारवालाहरुको उपस्तिथी रहेको थियो ।