Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुरमा पत्रकारिता आचासंहिता कार्यशाला, अक्षय कोषको लागि त्रियुगाको सहयोग गर्ने प्रतिबद्धता

  • उपहार न्यूज
  • शनिबार, जेष्ठ २५ २०८२
उदयपुरमा पत्रकारिता आचासंहिता कार्यशाला, अक्षय कोषको लागि त्रियुगाको सहयोग गर्ने प्रतिबद्धता

उपहार न्यूज
उदयपुर जेठ २४
उदयपुर जिल्लाको पत्रकारहरुको लागि पत्रकार आचासंहिता तथा क्षमता अभिबृद्धि सम्बन्धि कार्यशाला शनिबारबाट गाईघाटमा सुरु भएको छ । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश सरकारको सहयोगमा दुई दिने कार्याशाला सुरु भएको हो ।
कार्यशालाको एक कार्यक्रमका विच त्रियुगा नगरपालिका नगर प्रमुम बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले उद्घाटन गर्नु भको छ ।
कार्यशालको उद्घाटन गर्नु हुदै त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतले पत्रकार महासंघको संस्थागत विकासको लागि सुरु गरेको एक करोडको अक्षय कोषको अभियानको लागि त्रियुगा नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम मार्फत संम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
नगर प्रमुख बस्नेतले महासंघको संस्थागत विकास र पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नु पर्ने दायित्व स्थानिय सरकारको समेत दायित्व भएकाले नगरपालिकाले अक्षय कोषको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । उहाँले पत्रकारिता क्षेत्र भित्र पनि पछिल्लो समय वेतिथि विसंगती र पत्रकारको आचरण विपरितका गतिविधि हुने गरेकाले त्यस किसिमका गतिविधि प्रति महासंघ गम्भीर भएर लाग्नु पर्ने बताउनु भयो । नगर प्रमुख बस्नेतले स्थानिय सरकारले गरेको राम्रो कामको प्रचार र कुनै गल्ती गरेमा खबरदारी गर्नका लागि समेत आग्रह गर्नु भयो । उहाँले स्थानिय सरकारले गरेका कामहरु प्रति यदि खबरदारी नगर्ने हो भने सरकार निरकुंश हुने भएकाले त्यसको लागि पत्रकारहरुले वाच डगको भुमिका खेल्नु पर्ने बताउनु भयो ।
नगर उपप्रमुख महेश्वरी राई पत्रकारहरुले आफ्नो वृद्धि विकासको लागि अघि सारेको कार्यक्रममा त्रियुगा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो । पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले पत्रकार महासंघ कोशी प्रदेशले पत्रकार महासंघ, पत्रकारहरुको क्षमता विकास र स्थानिय स्वरोजगारमुलक संचार संस्थाहरुको विकासको लागि काम गरिरहेको बताउनु भयो ।
कार्यक्रमको उद्घाटन शत्रमा स्वागत मनतव्य राख्दै पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष विश्वराज तामाङले पत्रकार महासंघ उदयपुरले आफ्नो संस्थागत विकास, पत्रकारहरुको क्षमता अभिबृद्धि, पेशागत सुरक्षा र व्यवसायीक विकास गर्दै स्थानिय स्वरोजगारमुक संचार संस्थाहरुको विकासको लागि काम गरिरहेको बताउनु भयो । जिल्ला समन्वय समिति उदयपुरमा आयोजित कार्यक्रममा उदयपुरका ८० जना भन्दा बढि पत्रकार सहभागी भएका छन् । कार्यशालामा बरिष्ठ पत्रकार कौशल चेम्जोङले पत्रकार आचासंहिताको बिषयमा पत्रकाहरुलाई प्रशिक्षण गर्नु भएको थियो । त्यसैगरी पत्रकार प्रशिक्षक प्राध्यापक डाक्टर विजय मिश्रले खोज पत्रकारिताका विधि तथा एआई सम्बन्धि प्रशिक्षण गर्नु भएको थियो । दुई दिन सम्म संचालन हुने कार्यक्रम अन्तर्गत आईतबार नेपाल पत्रकार महासंघको हलमा पत्रकारहरुलाई पत्रकार महासंघको साधरण सदस्यता नविकरण र आचासंहिता माथि थप जानकारी दिईने पत्रकार महासंघ उदयपुरका सचिव तुलसी प्रसाद कोइरालाले जानकारी दिनु भयो । पत्रकारहरुको हक हित र वृद्धि विकासको लागि पत्रकार महासंघले विभिन्न चरणका यस किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको र आगामी दिनमा पनि निरन्तररुपमा कार्यक्रम संचालन गरिने पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेलले जानकारी दिनु भयो । उहाँले केहि दिनमानै उदयपुरका क्रियाशिल पत्रकारहरुलाई लक्षित गरेर एआई सम्बन्धि आधारभुत तालिम र पत्रकारिता क्षेत्रमा लाग्न चाहाने नयाँ पुस्तको लागि आधारभुत पत्रकारिता तालिमको आयोजना समेत गर्न लागिएको बताउनु भयो ।

Last updated:2025 Jun 07 Saturday 12:51:31

प्रतिक्रिया
सम्बन्धित समाचार