Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मधेश प्रदेशमा आभास अभियान विरगन्जमा पुगेर समापन

  • उपहार न्यूज
  • शुक्रबार, जेष्ठ २४ २०८२
मधेश प्रदेशमा आभास अभियान विरगन्जमा पुगेर समापन

विज्ञान पराजुली
उदयपुर जेठ २३
आसनमा महिला, शासनमा महिला र भाषणमा महिलाको अधिकार स्थापित हुनु पर्छ भन्ने अभियान सहित सुरु गरिएको आभास अभियान अन्तर्गत मधेश प्रदेशका आठ जिल्लामा सम्पन्न भएको छ । सप्तरीको राजविराजबाट सुरु भएको अभियान मधेश प्रदेशका आठ वटै जिल्लामा अभियान सम्पन्न गर्दै पर्साको विरगन्जमा पुगेर समापन भएको छ । अब कसैलाई पनि गामबाली तरकारी बाली बुलकी बाली होइन अब आफ्नै नामबाट पहिचान हुनुपर्छ भन्ने नारा सहित महिला सशक्तिकरण नेतृत्वकारी भुमिका र समानतता र समावेशी सहभागीताको लागि अभियान सुरु गरिएको आभास अभियानका संयोजक नजबुल खानले बताउनु भयो ।
जेठ १६ मा त्रियुगा नगपालिका उदयपुरमा मधेशी आयोगका सदस्य मानीय रेणू देवी साह र त्रियुगा नगर उपप्रमुख महेश्वरी राईको विशेष उपस्तिथीमा अभियानको सुरु भएको थियो । मधेश प्रदेशका विभिन्न स्थानिय तह पुगेर सचेतनामुलक कार्यक्रम उत्साहजनक पाईएको अभियानका संयोजक तथा मदिना मन्जरी फाउण्डेशनका संयोजक नजवुल खानले जानकारी दिनु भयो ।

Last updated:2025 Jun 16 Monday 14:36:24

प्रतिक्रिया
सम्बन्धित समाचार