Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

देशभरको कबिता तथा साहित्य सम्मेलनमा उदयपुरका जिवन आरोही ५० हजार नगद सहित बने प्रथम

  • उपहार न्यूज
  • बुधबार, बैशाख ३ २०८२
देशभरको कबिता तथा साहित्य सम्मेलनमा उदयपुरका जिवन आरोही ५० हजार नगद सहित बने प्रथम

 

उपहार न्यूज
चैत ३
राष्ट्रिय युवा संघ नेपालको शिक्षा विभागले युवा साहित्य सम्मेलन २०८१ अन्तर्गत कविता र गजलको ग्रान्ड फिनाले शुक्रबार भएको छ। सम्मेलनमा कवितातर्फ उदयपुर गाईघाटका जीवन आरोही राईले प्रथम हुँदै ५० हजार रुपैयाँ जितेका छन् । प्रतियोगितामा रविना कँडेल दोस्रो र सन्तोष पौडेल तेस्रो भए । उनीहरूले ३० हजार र २० हजार रुपैयाँ जितेका छन् ।

गजल प्रतियोगितातर्फ प्रथम भएर दैलेखका दिपिन सिजापतीले ५० हजार रुपैयाँ जिते । दोस्रो भएका अंकित आचार्यले ३० हजार र तेस्रो भएका खिमानन्द जोशीले २० हजार रुपैयाँ जिते ।

गजलको ग्रान्ड फिनालेका निर्णायक बाबु त्रिपाठी, संगीता थापा र प्रज्ज्वल अधिकारी थिए । कवितातर्फ निर्णायकमा ज्योति जंगल, गीता त्रिपाठी र ललिजन रावल थिए ।

साहित्य सम्मेलनअन्तर्गत विभिन्न विधामा उत्कृष्ट युवा शुक्रबार नै पुरस्कृत भए । ४० वर्षमुनिका युवारुलाई लक्षित गरेर आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा भक्तपुर मल्टिपल क्याम्पसकी विनिता तामाङ प्रथम भइन् । काभ्रेकी उनले १ लाख रुपैयाँ जितिन् ।

दिग्विजय लामिछाने दोस्रो र इशा थापा तेस्रो हुँदै ५० हजार र ३० हजार रुपैयाँ जिते । निबन्धतर्फ मनोज बुढा प्रथम भए । उनले ५० हजार रुपैयाँ जिते ।

यस्तै दोस्रो भएकी ज्योति घिमिरेले ३० हजार र देबु गिरीले तेस्रो हुँदै २० हजार रुपैयाँ जितिन् । कार्यक्रममा युवा वैज्ञानिक निश्चल बानियाँ र डा। प्रकाश महतलाई सम्मान गरियो । रसम्मेलनमा देशभरका एक हजार २०० भन्दा धेरै युवाले हभागिता जनाएका बताए ।

Last updated:2025 Apr 16 Wednesday 00:22:46

प्रतिक्रिया
सम्बन्धित समाचार