Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुर कटारीको सीमानपुर खोलाको पक्की पुल बाढीले भाँचियो

  • उपहार न्यूज
  • बिहिबार, चैत्र २७ २०८१
उदयपुर कटारीको सीमानपुर खोलाको पक्की पुल बाढीले भाँचियो

 

उपहार न्यूज
चैत २९,
सिदिचरण राजमार्ग अन्तरगत सिमान्तपुर खोलामा निर्माण भएको पुल बिहीबार बिहान आएको बाढीले भत्काउदा झन्डै २ करोड बराबरको क्षती भएको छ । बिहानी पख परेको अबिर बर्षाले खोलामा भीषण बाढी आउँदा तीन दिन अघि निर्माण सम्पन्न भएको उक्त पुल भत्किएको प्रहरीले जनाएको छ ।लेदो र ढुङ्गा सहितको बाढीले बनिसकेको उक्त पुलको ढलान भत्किएको कटारी ( घुर्मी सडक योजना कार्यालयका प्रमुख पशुपति ज्ञवालीले बताए ।
योजना कार्यालयका सूचना अधिकारी बीरेन्द्र महतोले प्रीस्टूेस बक्स बदर मोडेलको ५० मिटर लम्बाईको उक्त पुलको चार खण्ड मध्य एउटा खण्डमा निर्माण भएको पुल बाढीले भत्किएको बताए । एउटै खोलामा ४ वटा पुल निर्माणको लागि २८ करोड ९९ लाख ४ हजारको लागतमा सुर्य एन्ड सन्स कन्टूक्सनले ठेक्का लिएको उनले बताए ।२०७९ असार २९ गते सम्झौता भएको उक्त पुल तीन दिन अघि निर्माण सम्पन्न भएको हो ।
योजना प्रमुख ज्ञवालीले निर्माण कम्पनीले बिमा कम्पनीसँग पुलको बीमा गरेकोले ब्याबसायीलाई कुनै समस्या नपर्ने बताए । उनले बाढीको कारण पुल भत्किएको र बिमा कम्पनीको प्रतिनिधि आएर क्षतिको मुल्यांकन गरिने बताए ।

Last updated:2025 Apr 10 Thursday 23:44:08

प्रतिक्रिया
सम्बन्धित समाचार