Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

साईकल रेसको उपाधि उदयपुरका शेर्पालाई

  • उपहार न्यूज
  • मंगलबार, चैत्र २५ २०८१
साईकल रेसको उपाधि उदयपुरका शेर्पालाई

 

उपहार न्यूज
चैत २६,
विराटनगरमा सम्पन्न छैठौं संस्करणको साइक्लोथन सिक्स प्वाइन्ट प्रतियोगिताको उपाधि उदयपुरका १८ वर्षीय निमा शेर्पाले जितेका छन् । रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा भएको प्रतियोगितामा जिल्लाको त्रियुगा नगरपालिका(१० का शेर्पाले ३०० भन्दा बढी प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रथम स्थान हासिल गरे ।
शेर्पाले मात्र २५ मिनेटमा १४ किलोमिटरको दूरी पार गरी प्रभावशाली प्रदर्शन गरेका थिए । प्रतियोगितामा धरान(११ का १७ वर्षीय दिपसागर तामाङ दोस्रो र त्रियुगा(१० कै १४ वर्षीय कुशान शेर्पा तेस्रो स्थानमा रहे ।
स्थानीय आदर्श माध्यमिक विद्यालय प्राङ्गणबाट सुरु भएको यस प्रतियोगिता अघि द गोल्ड जिमका प्रतिनिधिहरूले सहभागीहरूलाई वार्मअप गराएका थिए । प्रतियोगिताको औपचारिक सुरुवात शहीद रंगशाला सामुन्नेको सडकबाट भएको थियो, जहाँ पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया, मिस्टर नेपाल सन्तोष लक्सुम लिम्बू र मिस नेपाल आश्मा केसीले झण्डा देखाएर दौडको शुभारम्भ गरेका थिए ।
सहभागीहरूले गोल्छाचोक, तीनपैनी, पुष्पलालचोक हुँदै विराटनगर(१९ को मिलनचोकसम्मको रुट पार गरेका थिए । मिलनचोकमा पुगेपछि आयोजकले दिएको ह्याण्ड ब्याण्ड लिएर प्रतिस्पर्धीहरू फर्किएका थिए । रोटरी क्लब अफ विराटनगर फ्युजनका अध्यक्ष विवेककुमार अग्रवालका अनुसार स्वास्थ्य प्रवद्र्धन, सामुदायिक भावनाको विकास र संस्थाको कोष वृद्धिको उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु. १५, १० र ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । यसका अतिरिक्त, सहभागीहरूमध्ये लक्की डूमार्फत छानिएका २५ जनालाई जनही रु. ५ हजार नगद पुरस्कार पनि वितरण गरिएको थियो ।

 

Last updated:2025 Apr 08 Tuesday 00:04:11

प्रतिक्रिया
सम्बन्धित समाचार