Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

शौच गर्न गाडी रोकेर सडक पार गर्दै गर्दा गाईघाटका प्रधानको गयो ज्यान

  • उपहार न्यूज
  • सोमबार, चैत्र २४ २०८१
शौच गर्न गाडी रोकेर सडक पार गर्दै गर्दा गाईघाटका प्रधानको गयो ज्यान

 

उपहार न्यूज
चैत २६,
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर( ९ खरंगास्थित पूर्व(पश्चिम राजमार्गमा सोमबार बिहान बसको ठक्करबाट उदयपुर गाईघाटका एक व्यक्तिले ज्यान गुमाएका छन् । जिल्लाको त्रियुगा नगरपालिका(११ संगम टोलका स्थानीय ५८ वर्षीय जितबहादुर प्रधानको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतक प्रधान बिहान २ बजेतिर शौच गर्नका लागि आफू सवार गाडी रोकेर सडक पार गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिएको थियो ।
मृतक प्रधान बा.प्र.०१(००६ ख ६७१६ नम्बरको गाडीमा सवार थिए । उनी सडकको अर्को तर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको ना ८ ख १८०९ नम्बरको बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय मनहरीका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
गम्भीर घाइते प्रधानलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा चिकित्सकले बिहान साढे ३ः०० बजे उनलाई मृत घोषित गरेका थिए । मृतक प्रधानको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । प्रहरीले दुर्घटनामा संलग्न बसका चालक मोहन थापालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिए । पोस्टमार्टमपछि शव गृहजिल्ला उदयपुर पठाइने प्रहरीले जनाएको छ ।

Last updated:2025 Apr 07 Monday 23:59:39

प्रतिक्रिया
सम्बन्धित समाचार