Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

जिल्ला प्रहरी कार्यालय उदयपुरको बहुउद्देश्यीय भवन उद्घाटन

  • उपहार न्यूज
  • सोमबार, चैत्र २४ २०८१
जिल्ला प्रहरी कार्यालय उदयपुरको बहुउद्देश्यीय भवन उद्घाटन

सन्तोषकला तामाङ

चैत २६,

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसरमा निर्मित बहुउद्देश्यीय भवनको उद्घाटन गरेका छन् । सोमबार एक औपचारिक कार्यक्रमका बीच प्रहरी नायव महानिरिक्षक अधिकारीले उक्त भवनको उद्घाटन गरेका हुन् ।

समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै महानिरिक्षक अधिकारीले विभिन्न स्रोतबाट साधन जुटाएर बहुउद्देश्यीय हल निर्माण गर्न सफल भएकोमा जिल्ला प्रहरी कार्यालय उदयपुरका सम्पूर्ण परिवारलाई धन्यवाद दिए । उनले प्रहरी कार्यालय परिसरभित्र बनेको यो भवन सबैको साझा सम्पत्ति रहेको बताए । ‘प्रहरीको प्राङ्गणमा भएपनि यो भवन आम नेपाली जनताको साझा सम्पत्ति हो,’ महानिरिक्षक अधिकारीले भने । प्रहरी परिसरमा निर्माण गरिएका सबै संरचनाहरू नागरिककै सम्पत्ति रहेको महानिरिक्षक अधिकारीले बताए ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)  प्रेम प्रसाद लुइँटेलले बहुउद्देश्यीय भवनको रूपमा नामाकरण गरिएकोले यस भवनको प्रयोग विविध उद्देश्यमा गर्न सकिने बताए । यस भवनमा इन्डोर खेलहरू सञ्चालन गर्न, विपद्को समयमा राहत सामग्रीको भण्डारण गर्न, तालिम हलको रूपमा प्रयोग गर्न र योगा लगायतका ध्यान कक्षाहरू सञ्चालन गर्न सकिने उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरिहर नाथ योगीले प्रहरी सेवामा सहजता, सक्षमता र प्रभावकारिता ल्याउन सामुदायिक, प्रशासनिक र अन्य महत्त्वपूर्ण गतिविधिहरू सञ्चालन गर्न पर्याप्त स्थानको आवश्यकता परेकोले भवन निर्माण गरिएको बताए । वहुउदेश्यीय भवन आपत्कालीन अवस्था र विपद्को समयमा प्रभावितहरूको लागि सुरक्षित आश्रय स्थलको रूपमा, विपद् उद्धार सामग्री भण्डारण गर्न, औपचारिक सभा समारोह आयोजना गर्न, बैठक गर्न, प्रहरी कर्मचारीहरूको व्यावसायिक सीप र दक्षता अभिवृद्धिको लागि विभिन्न तालिमहरू सञ्चालन गर्न र प्रहरी कर्मचारीहरूको मनोरञ्जनका लागि खेलकुद प्रतियोगिताहरू आयोजना गर्न प्रयोग गरिने एसपी योगिले बताए ।

समारोहमा विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, समाजसेवी एवं सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Last updated:2025 Jun 16 Monday 14:39:20

प्रतिक्रिया
सम्बन्धित समाचार