Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा नगरपालिका वडा नम्बर १ को सार्वजनिक सुनुवाई सम्पन्न

  • उपहार न्यूज
  • सोमबार, चैत्र २४ २०८१
त्रियुगा नगरपालिका वडा नम्बर १ को सार्वजनिक सुनुवाई सम्पन्न

उपहार न्यूज
उदयपुर चैत २५
त्रियुगा नगरपालिका वडा नम्बर १ को आर्थिक बर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । त्रियुगा नगरपालिका वडा नम्बर १ स्थित आफ्नै कार्यक्रम हलमा वडाको सार्वजनि सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहजीकरणको जिम्मेबारी प्राप्त गरेको सि.जि मिडियाको तर्फबाट सहजकर्ता देवराज राईले त्रियुगा नगरपालिका वडा नम्बर १ मा गरिएको नागरिक अभिमत पत्र र वहिर्गमन अभिमत पत्रमा स्थानिय नागरिकहरु संग गरिएको प्रश्नावली संकलन पछिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वडा सचिव कुमार थापाले चालु आर्थिक बर्षको हाल सम्म वडाले सम्पादन गरेको कामहरुको बिषयमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले वडाको कार्य सम्पादन तथा वडाका विभिन्न समस्याहरुको बिषयमा कार्यक्रममा प्रश्न, जिज्ञासा र सुझाबहरु राखेका थिए । कार्यक्रममा वडाअध्यक्ष मनोजकुमार चौधरीले स्थानिय नागरिकहरुले राखेका समस्य तथा वडाले संचालन गरेका कार्यक्रमको बिषयमा संवोधन गर्नु भएको थियो ।
वडाअध्यक्ष चौधरीले वडाको सबै क्षेत्रमा समानुपाति हिसाबले विकासका कामहरु संचालन गरी रहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिईने बताउनु भयो । उहाँले वडाको विकास र वडा बाट सम्पादन हुने कामलाई नागरिकमैत्री बनाउनेमा आफुहरु प्रतिबद्ध रहेको समेत बताउनु भयो । कार्यक्रममा वडा सदस्यहरु तेजबहादुर बस्नेत र अर्जुनकुमार चौधरीको समेत उपस्तिथी रहेको थियो ।

Last updated:2025 Apr 07 Monday 16:50:24

प्रतिक्रिया
सम्बन्धित समाचार