उपहार न्यूज
चैत २५,
शिक्षा ऐन जारी गर्न माग गर्दै २ महिनादेखि चरणबद्ध आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौँ केन्द्रीय सडक आन्दोलन चलाइरहेको छ ।सरकारले शिक्षकलाई औपचारिक रुपमा वार्तामा बोलायो । तर महासंघले वार्ता अस्वीकार गर्यो । गत २०८० असोज ५ र १२ गते भएको सहमतिअनुसार ऐन जारी गर्नुपर्ने माग महासंघको छ ।
विगतको सहमतिअनुसार शिक्षक, कर्मचारी, विद्यार्थी र विद्यालयमैत्री ऐन जारी गर्नुहोस् भनेका हौँ । सहमति पहिल्यै भएको छ। फेरि वार्ता र सहमति आवश्यक छैन । यो समय पनि ऐन निर्माणमा खर्चिनुहोस् भनेका छौँ,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी भन्छन् ।विद्यालय शिक्षा विधेयक २०८० भदौ २७ मा संसदमा दर्ता भएको थियो । विधेयकमा आएका प्रावधानमा असहमति जनाउँदै महासंघको नेतृत्वमा काठमाडौंमै शिक्षकहरूले आन्दोलन गरेका थिए । सहमतिअनुसार ऐन जारी नभएको भन्दै शिक्षकहरू फेरि आन्दोलनका लागि काठमाडौँ आएका हुन् ।शिक्षकहरूले कतिपय सहमति भएका विषय उठाएका छन् भने कतिपय संविधानभन्दा बाहिरका विषय छन् । तिनलाई सम्बोधन गर्न संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । सरकारी अधिकारीहरू नै शिक्षकले भनेजस री संविधान संशोधन गर्न सकिने अवस्था छैन ।