Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

होटल व्यवसायी संघको अध्यक्षमा डेविट बस्नेत

  • उपहार न्यूज
  • शनिबार, चैत्र २२ २०८१
होटल व्यवसायी संघको अध्यक्षमा डेविट बस्नेत

उपहार न्यूज
उदयपुर चैत २३
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरको प्रथम साधरण सभा तथा अधिवेशन शनिवार गाईघाट सम्पन्न भएको छ । अधिवेशनको कोशी प्रदेशका पर्यटन वन तथा वातवरण मन्त्री षडानन्द मण्डलले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको थियोे । कार्यक्रममा कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवार, कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य हिमाल कार्की, नारायण बुर्जामगर, प्रदेश सभा सदस्य लिला राई, सम्झना पाख्रिन, कटारी नगरपालिका प्रमुख राजेशचन्द्र श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेल लगायतको उपस्तिथी रहेको थियो । अधिवेशनको बन्दशत्रले पुन डेविट बस्नेतको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा सुनिता रेग्मी, उपाध्यक्षमा प्रतापसिंह राई महासचिवमा इश्वरमान राई, सचिवमा श्रवणकुमार चौधरी, सुमन कोइराला कोषाध्यक्षमा सुरज साह लगायतको कार्य समिति चयन गरेको छ ।

Last updated:2025 Apr 05 Saturday 15:07:49

प्रतिक्रिया
सम्बन्धित समाचार