Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुर रेडक्रसको ३४ औ सभा तथा अधिवेशन सम्पन्न

  • उपहार न्यूज
  • शनिबार, चैत्र २२ २०८१
उदयपुर रेडक्रसको ३४ औ सभा तथा अधिवेशन सम्पन्न

उपहार न्यूज
उदयपुर चैत २३
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा उदयपुरको ३४ औ सभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटीको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित आफ्नै कार्यलय परिसरमा आयोजित सभा तथा अधिवेशनको उद्घाटन एक समारोहका विच कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य हिमाल कार्की, नारायण बुर्जामगर, प्रदेश सभा सदस्य लिला राई, कटारी नगरपालिका प्रमुख राजेशचन्द्र श्रेष्ठ, रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र आलेमगर, एमाले उदयपुर अध्यक्ष भागवत राउत, कांग्रेस क्षेत्रीय सभापती खगेन्द्र राई, माओवादीका नेता निरज पौडेल, रेडक्रसका पूर्व केन्द्रिय अध्यक्ष संजिव थापा, रेडक्रस केन्द्रिय सदस्य विनोदकुमार बस्नेत लगायत अतिथिहरुको उपस्तिथी रहेको थियो । अधिवेशनमा विभिन्न उपशाखाबाट प्रतिनिधित्व गर्ने करिब एक सय हारहारीमा प्रतिनिधिहरु सहभागी भएका थिए । कार्यक्रमको बन्द शत्रमा रेडक्रसका मन्त्री सन्तोष कोइरालाले संस्थाको हाल सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनको निर्वाचन प्रक्रियाबाट शम्भु पौडेल सभापती सहित १७ सदस्यीय सर्वसहमत समिति गठन भएको छ । समितिको महिला उपसभापतीमा सम्झना राई, खुल्ल उपसभापतीमा चन्द्रमणी गुरागाई मन्त्रीमा सन्तोष कोइराला, कोषाध्यक्षमा देव गिरी उपमन्त्रीमा राजकुमार राई उप कोषाध्यक्षमा चन्द्रलाल गिरी, सदस्यहरुमा कल्पना ढकाल, बालकुमारी विक, मिना केसी, पुष्कर खड्का, राजेश कार्की, राजिव थापा, दुर्गानन्द चौधरी, भिमबहादुर जोशी, ध्रुबप्रसाद कोइराला र फणिन्द्र तामाङ निर्वाचित भएको निर्वाचन समितिका संयोजक नरेन्द्र प्रसाद पोखरेलले जानकारी दिनु भयो ।

Last updated:2025 Apr 05 Saturday 15:05:14

प्रतिक्रिया
सम्बन्धित समाचार