उपहार न्यूज
उदयपुर चैत २३
त्रियुगा नगरपालिकाको विकासको लागि गुरु योजना निर्माण गर्नका लागि त्रियुगा नगरपालिका क्षेत्र स्थायी बसोबास भई राजधानी काठमाण्डौमा रहेका विभिन्न क्षेत्रका व्यक्तिहरु संग अन्तरक्रिया गरिएको छ । त्रियुगा नगरपालिका उदयपुरले शनिवार काठमाण्डौ बत्तिसपुतलीमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा नागरिकहरु संग गुरु योजना निर्माणको लागि छलफल गरेको हो ।
कार्यक्रममा उदयपुर क्षेत्र नम्बर १ का सांसद डा. नारायण खड्का, पूर्व मन्त्री हरिबहादुर बस्नेत, नेपाली कांग्रेसका पूर्व पार्टी सभापती विदुर बस्नेत, नेपाल प्रहरीका पूर्व एआईजी टेकप्रसाद राई राजनैतिक दल, पत्रकार, शिक्षण, व्यवसायी लगायतका क्षेत्रका व्यक्तिहरुको कार्यक्रममा सहभागीता रहेको त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतले जानकारी दिनु भयो । कार्यक्रममा त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइरालाले त्रियुगा नगरपालिकाले निर्माण गर्न लागेको त्रियुगा गुरु योजनाको बिषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागी सरोकारवालाहरुले पालिकाके विकासको विभिन्न विषयमा आफ्ना धारणाहरु राख्नु भएको थियो । त्रियुगा नगपालिकाले नगरको विकासको लागि गुरु योजना निर्माण गरेर अघि बढ्ने कार्यक्रम अनुसार सो कार्यक्रमको आयोजना गरिएको त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले जानकारी दिनु भयो ।