Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मधेशवादी राजनीतिक दलद्वारा संघीय लोकतान्त्रिक मोर्चा घोषणा

  • उपहार न्यूज
  • शुक्रबार, चैत्र २१ २०८१
मधेशवादी राजनीतिक दलद्वारा संघीय लोकतान्त्रिक मोर्चा घोषणा

 

उपहार न्यूज
चैत २२,
मधेशवादी राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन् ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सात मधेसवादी राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका हुन् ।
मोर्चामा तराई÷मधेशकेन्द्रित सात राजनीतिक दलहरु आवद्ध छन् । जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशिल पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले संयुक्त मोर्चा घोषणा गरेका हुन् ।संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, सामथ्र्य र पहिचानको आधारमा प्रदेशहरूको नामांकन र संरचना गर्न÷गराउन साथै संघीयताको प्रभावकारी कार्यान्वयन गर्न संघ र प्रदेश सरकारहरूका बीचको क्षेत्राधिकार स्पष्ट पार्ने मोर्चाका उद्देश्य र राजनीतिक प्रतिवद्धताहरू रहेका छन् ।

Last updated:2025 Apr 04 Friday 00:47:41

प्रतिक्रिया
सम्बन्धित समाचार