उपहार न्यूज
चैत २१,
राजावादी भनौदाहरूले भाटभटेनी माथि धावा बोले र तोडफोड गरे । भाटभटेनीको सम्पत्ति लुट्ने काम गरे । यो निकै खेदपूर्ण छ । मैले आफू हाइस्कुलमा पढ्दादे्खि नै राजनीति सम्बन्धी थोरै ज्ञान राख्थेँ । त्यसताका पञ्चायतको साशन थियो । पञ्चायती साशनमा बोल्ने अधिकार थिएन ।
मैले आफ्नो विद्यार्थी कालमा पञ्चायतविरुद्ध संघर्ष पनि गरेको हो । यो कुरा भनिराख्दा मलाई गर्व लाग्छ । अहिले आएर म व्यवसायी भएँ । म बर्बरता विरुद्ध लड्ने एक शाहसी युवा पनि हुँ । म नेपाली भएको नाताले अन्याय विरुद्ध लड्नुपर्छ । मैल १६–१७ वर्षको उमेरदेखि लडाइँ लड्दै आएको हो ।