Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

ठूलो मात्रामा उदयपुरमा लागुऔषध सहित ७ जना पक्राउ थप अनुसन्धान हुदै

  • उपहार न्यूज
  • बुधबार, चैत्र १९ २०८१
ठूलो मात्रामा  उदयपुरमा लागुऔषध सहित ७ जना पक्राउ थप अनुसन्धान हुदै

उपहार न्यूज
उदयपुर चैत २०
जिल्ला प्रहरी कार्यालय उदयपुर अन्तर्गत ईलाका प्रहरी कार्यालय कटारी उदयपुर बाट खटिएको प्रहरी टोलील कटारी नगरपालिका वडा नं. ४ कान्छी बजारबाट १० हजार ४६३ ट्याबलेट नियन्त्रित लागू औषध र १०० ग्राम प्रतिबन्धित लागू औषध गाँजा सहित ७ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट नगद २ लाख ४७ हजार ७ सय २० रुपैया, पक्राउ गरेकाले प्रयोग गरेको २ वटा मोटरसाईकल ६ वटा मोबाईल फोन समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला उदयपुर कटारी नगरपालिका वडा नं. ०४ स्थित कान्छी बजारमा प्रतिबन्धित लागु औषध ओसार पसार तथा बिक्रि वितरण भईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट प्रहरी निरीक्षक भीमलाल ओलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले लागू औषध सेवन तथा कारोबारमा संलग्न ७ जना लाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कटारी नगरपालिका वडा नं. ०७ बस्ने बर्ष २९ को हरि बहादुर तामाङ, कटारी वडा नं. ८ बस्ने बर्ष १९ को भक्त बहादुर तामाङ, बर्ष २५ को सोम कृष्ण राई, कटारी ४ बस्ने बर्ष २३ को अनमोल मगर, कटारी ४ बस्ने बर्ष २० की आरती राउत, वडा नम्बर ४ बस्ने बर्ष २३ को सरद कुमार सुनुवार र वडा नम्बर ४ बस्ने बर्ष १९ को बिक्रम सशंकार रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
निजहरुको साथबाट ट्रपिन ट्याबलेट – ४,४३१, स्पासपेन ट्याबलेट ५,९१२ र टपिनटा ट्याबलेट – १२० गरी १०,४६३ ट्याबलेट नियन्त्रित लागू औषध, गाँजा १०० ग्राम, नगद २ लाख ४७ हजार ७ सय २० रुपैया, उनीहरुले प्रयोग गरेको प्र. १–०५–००१ प ७६०२ नं. को २२० सि.सि. कालो रातो रंगको पल्सर मोटरसाईकल, प्र.१–०५–००१ प ७४९७ नं. को २०० सि.सि. कालो फुस्रो रंगको एन.एस. मोटरसाईकल र निजहरुले प्रयोग गर्ने मोबाईल फोन ६ वटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका ७ जना व्यक्तिलाई ईलाका प्रहरी कार्यालय कटारी, उदयपुरमा राखी थप अनुसन्धान भईरहेको छ ।

Last updated:2025 Apr 02 Wednesday 14:00:25

प्रतिक्रिया
सम्बन्धित समाचार