Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा यातायात कार्यालयको झुट्टा लिखत बनाउने युवक कारागार चलान

  • उपहार न्यूज
  • बुधबार, चैत्र १९ २०८१
उदयपुरमा यातायात कार्यालयको झुट्टा लिखत बनाउने युवक कारागार चलान

उपहार न्यूज
उदयपुर चैत २०
उदयपुरमा यातयात व्यवस्था सेवा कार्यालय गाईघाटको सहि छापको झुट्टा लिखत बनाउने एक जना युवकलाई प्रहरीले पक्राउ गरी कानुनी दायरमा ल्याएको छ । खोटाङ जिल्लाका केहि सेवाग्राहिहरुको मोटरसाईकल, स्कुटरको सवारी दर्ता किताब र बीमा नविकरण गरिदिने आश्वासन दिलाई झुट्टा लिखत बनाएको भन्दै पिडितले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी पेश गरेका थिए ।
पिडितहरुको जाहेरीको आधारमा लिखत सम्बन्धी कसुरमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ३ हनुमान चौक घर भई त्रियुगा नगरपालिका ११ पुरानो गाईघाटमा बस्दै आएका ३२ बर्षिय विवेक थापामगरलाई प्रहरीले पक्राउ गरेको थियो । मगरलाई पिडितलको जाहेरी दरखास्तको आधारमा गत फागुन २० गते नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको थियो ।
प्रहरी अनुसन्धानको क्रममा उदयपुर र खोटाङका केही व्यक्तिहरुबाट सवारी दर्ता किताब नविकरण गरिदिने भनी सवारी दर्ता किताब र नगद समेत लिई यातायात व्यवस्था सेवा कार्यालय गाईघाट, उदयपुरको कार्यालयको सहीछापको झुट्टा लिखत बनाएको खुलेको छ । अनुसन्धान कार्य सम्पन्न गरी मगरलाई सम्मानित उदयपुर जिल्ला अदालतमा पेश गरेकोमा लिखत सम्बन्धी कसूरमा चैत १९ गतेको आदेशले पुर्पक्षको लागि जिल्ला कारागार उदयपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Last updated:2025 Apr 02 Wednesday 13:55:11

प्रतिक्रिया
सम्बन्धित समाचार