
उपहार न्यूज
चैत २०,
मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागि नहुन सरकारले अपिल गरेको बताउनुभयो । त्यस्तै गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार सरकारले गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तीनकुने घटनाको सत्यतथ्य छानिवनि गरी दोषिउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ । साथै, यस किसिमको अराजक गतिविधिहरुमा संलग्न नहुन आम नागरिकहरुमा नेपाल सरकार हार्दिक अपिल गर्दछ ।