Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

बरुवा क्याम्पसमा नाला दुर्गन्धित भएपछि विद्यार्थी पुगे मेयरको कार्यकक्ष

  • उपहार न्यूज
  • मंगलबार, चैत्र १८ २०८१
बरुवा क्याम्पसमा नाला दुर्गन्धित भएपछि विद्यार्थी पुगे मेयरको कार्यकक्ष

उपहार न्यूज
चैत २०,
उदयपुरको सदरमुकाम गाईघाटस्थित बरुवा क्याम्पसको दुर्गन्धित फोहोर नालाको पानी व्यवस्थापनको माग सहित अखिल नेपाल राष्टिूय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) ले त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार अनेरास्वियु बरुवा क्याम्पस कमिटिका सचिव अभिषेक थापा मगर र अनेरास्वियु कोशी प्रदेशका उप(सचिव प्रवेश ठकुरीको नेतृत्वको विद्यार्थी टोलीले नाला व्यवस्थापनको माग सहित मेयर बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्र बुझ्दै मेयर बसन्त कुमार बस्नेतले विद्यार्थीहरूको पढाइमा प्रतिकूल असर पर्ने कुनै पनि समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताएका छन् । मेयर बस्नेतले चाँडै नै दुर्गन्धित फोहोर नालाको पानी व्यवस्थापन गरिने आश्वासन दिए । ध्यानाकर्षण पत्रमा भनिएको छ ‘गाईघाट त्रियुगा नदी र शान्तिधामको छेउमा अवस्थित यस क्याम्पसमा बढ्दो सहरीकरणसँगै फोहोरको समस्या पनि बढ्दै गएको छ, क्याम्पस प्राङ्गण नजिकैको नालीमा अव्यवस्थित रूपमा बगिरहेको दुर्गन्धित फोहोर पानीका कारण दैनिक ६ सय देखि ७ सय विद्यार्थीहरू क्याम्पस प्रवेश गर्दा र निस्किदा नाक थुनेर हिँड्न बाध्य भएका छन् ।’ पत्रमा देशको भविष्य निर्माण गर्ने विद्यार्थीहरू अध्ययन गर्ने शैक्षिक थलोमा यस्तो समस्या हुनु दुःखद रहेको उल्लेख गर्दै विद्यार्थीहरूको सहज अध्ययनका लागि स्वच्छ वातावरण सिर्जना गर्न स्थानीय सरकारसँग जोडदार माग गरिएको छ ।

Last updated:2025 Apr 01 Tuesday 23:56:45

प्रतिक्रिया
सम्बन्धित समाचार