Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

हिन्दु राष्ट्रको पक्षमा छन डा.शशांक कोईराला

  • उपहार न्यूज
  • मंगलबार, चैत्र १८ २०८१
हिन्दु राष्ट्रको पक्षमा छन डा.शशांक कोईराला

उपहार न्यूज
चैत १९,
नेपाली कांग्रेसका नेता डा शशांक कोईरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पटक पटक अवसर दिँदा समेत सत्ताको दुरुपयोग गरेको बताउनुभएको छ ।

सोमबार संघीय संसद परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता कोईरालाले फेरि अवसर दिँदा राज्यसत्ताको दुरुपयोग नगर्ने कुनै ग्यारेन्टी नभएकोले राजाको कुनै आवश्यकता नरहेको बताउनुभयो । व्यवस्थालाई कसरि अगाडि बढाउने भन्नेबारे जनताले निर्णय गर्ने उहाँको भनाइ छ । उहाँले आफू हिन्दुराष्ट्रको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजालाई हामीले पटक पटक मौका दियौं, अवसर दियौं । उसले दुरुपयोग गर्यो । अब के ग्यारेन्टी छ कि उसले दुरुपयोग गर्दैन रु त्यसैले अब राजा हामीलाई चाहिदैन । हिन्दुराष्ट्रको पक्षमा चाहीँ म छु ।’

नेता कोईरालाले तीनकुने घटनामा भीड उक्साउने काम राजावादी पक्षबाट भएको भन्दै कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

Last updated:2025 Apr 01 Tuesday 00:17:07

प्रतिक्रिया
सम्बन्धित समाचार