Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

कामनपा ले पूर्वराजा ज्ञानेन्द्रलाई हुलाकमार्फत जरिवाना पत्र पठाउने

  • उपहार न्यूज
  • आइतबार, चैत्र १६ २०८१
कामनपा ले पूर्वराजा ज्ञानेन्द्रलाई हुलाकमार्फत जरिवाना पत्र पठाउने

उपहार न्यूज
चैत १८,
काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गरेको पत्र बुझाउन गएको टोली निर्मल निवासको गेटबाटै फर्काइएपछि वैकल्पिक प्रक्रिया अपनाउने भएको छ । आइतबार बिहान महानगरको टोली पत्र हस्तान्तरण गर्न निर्मल निवास पुगेको थियो, तर प्रहरीले उनीहरूलाई प्रवेश गर्न अनुमति दिएन ।

काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले पत्र बुझाउन नपाएपछि अब हुलाक वा अन्य वैकल्पिक माध्यमबाट पत्र पठाइने जानकारी दिए । “निर्मल निवासले पत्र बुझ्न नमानेपछि हामी हुलाक लगायत अन्य प्रक्रियाबाट पत्र बुझाउँछौ,” प्रमुख पाण्डेले बताए ।

यसअघि, चैत १५ गते तीनकुने र कोटेश्वर क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा भएको क्षति र वातावरण प्रदूषण बापत महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन अनुसार जरिवाना तोकेको दाबी गरेको छ ।

Last updated:2025 Mar 31 Monday 00:00:16

प्रतिक्रिया
सम्बन्धित समाचार