
उपहार न्यूज
चैत १६,
चैत १६,
कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा पार्किङमा राखिएका गाडीहरुमा पनि तोडफोड भएको छ । पार्किङ क्षेत्रमा रहेका निजी र सरकारी गाडीहरुको सिसा फुटाइएको छ ।
तीनकुनेमा राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह कोटेश्वरको भाटभटेनी सुपरस्टोरसम्म पुगेको थियो । सो समूहले सुरक्षागार्डलाई हातपात गर्दै लुटपाट र तोडफोड गरेको थियो ।
बिक्रीका लागि राखिएका तरकारी, सपिङ ट्रली लगायतका सामान बाहिर निकालेर आगो लगाएका थिए ।उनीहरुले ढुंगा प्रहार गरी भाटभटेनी सुपरस्टोरको भवनको सिसा समेत फुटाएका छन् ।सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको गुनासो भाटभटेनी सञ्चालकको गुनासो छ । ‘
प्रतिक्रिया
सम्बन्धित समाचार